मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

कच्ची कटानसँगै पुग्यो बारेकोटमा यातायात

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २७, २०७७
0
53
SHARES
293
VIEWS
Share on FacebookShare on Twitter
कच्ची कटानसँगै पुग्यो बारेकोटमा यातायात

जाजरकोट । बाढीपहिरोबाट थिलोथिलो परेको बारेकोट गाउँपालिकामा सडक मर्मतसँगै यातायात सेवा सञ्चालन भएको छ ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सा सडक सञ्जालसँग अघिल्लो वर्ष जोडिएको भए पनि वर्षायाममा ठाउँठाउँमा सडक भत्किएपछि यातायात सेवा अवरुद्ध भएको थियो । सदरमुकाम खलङ्गाबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा ‘ट्रयाक ओपन’ भएलगत्तै बाढीपहिरोले बारेकोट छियाछिया भएको थियो । अवरुद्ध सडक सञ्चालनमा आएपछि सर्वसाधारण खुशी भएका छन् ।

नलगाड जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल रहेको बारेकोटमा सडकको कच्ची कटान मर्मत भएसँगै यातायातका साधन सञ्चालनमा आएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको कालिमाटीसम्म ३५ किलोमिटर सडक जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्दछ । नलगाड नगरपालिकाको कालिमाटीबाट सिर्केसम्मको २२ किलोमिटर सडक नलगाड जलविद्युत् आयोजनाको पहुँचमार्ग जानका लागि आयोजनाले निर्माण गरेको हो ।

कालिमाटी हुँदै लैखमसम्म नलगाड नदीको तीरैतीर अर्को पहुँचमार्ग निर्माण गरी बारेकोट गाउँपालिका–७ लैखमसम्म सडक जोडिएको छ । अर्को कालिमाटी हुँदै खनटाकुराबाट सिर्के जोडेर बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लिम्सासँग सडक जोडिएको छ । यी सबै सडक क्षेत्रगतरूपमा मर्मत गरिएका छन् । नलगाड नदीको खारामा पुल निर्माण कार्य ढिलो हुँदा सो नदीको किनारैकिनार यातायातका साधन सञ्चालन गर्न सकिएको छैन । त्यस्तै सिर्कोबाट लिम्सासम्मको १३ किलोमिटर सडक गाउँपालिकाले आफैँले कच्ची निर्माण गरेको थियो ।

नलगाड जलविद्युत् आयोजना बाधस्थल अर्थात् सक्ला ध्यापाटाकुराबाट लिम्सासम्मको १२ किलोमिटर सडकको स्तरोन्नतिका लागि रु आठ करोडको बोलपत्र आह्वान छ । गाउँपालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत बजेटबाट स्तरोन्नतिको काम शुरु गर्न लागिएको हो । गाउँपालिकाले रु चार करोड ५० लाख बजेटबाट आफ्नो क्षेत्रको सडक निर्माण गरी अस्थायी ‘ट्रयाक’ खोलेको थियो । कर्णाली प्रदेशकै सामरिक महत्वको नलगाड जलविद्युत् आयोजना (४१७ मेगावाट) निर्माणका लागि डिपिआरको कामदेखि अन्य विकास निर्माणको कामलाई यो सडकले विशेष महत्व दिइएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।

संघीय सरकारको विशेष महत्वको रूपमा रहेको यो आयोजना निर्माण गर्न सहज हुने पहिलो मार्ग नै यो सडक रहेको सिंहको भनाइ छ । जुम्ला र डोल्पाको सिमानासँग जोडिएको बारेकोट गाउँपालिका जडीबुटीको भण्डारको रुपमा परिचित छ । माथि नलगाड नदीको उद्गमस्थलसहित अग्ला हिमाल र तल नलगाड जलविद्युत् आयोजना निर्माणस्थल भएका कारण यसको महत्व अन्य स्थानीय तहको भन्दा फरक छ ।

सडक सञ्जाल नहुँदा खाद्यान्न, निर्माण सामग्रीदेखि अन्य विभिन्न वस्तु ढुवानीमा समस्या भोग्दै आएका यहाँका स्थानीयवासी सडक निर्माणसँगै सहजता आएको भन्दै खुशी भएका छन् । पुर्खौँदेखि पिठ्यूँमा आफूभन्दा बढी तौलका भारी, नाम्लोको सहायताले बोक्दै बारेकोट लैजाने र बाहिर पठाउने काम गर्दै आएका तीन हजारभन्दा बढी घरधुरीहरु सडक सञ्जालमा जोडिएसँगै दुःखका दिन गएको प्रतिक्रिया दिन थालेका छन् ।

घोडा, खच्चडको भरमा दैनिक आवश्यकतासँग जुझ्दै आएका सर्वसाधारण अब गाडीसँग मितेरी गाँसेर दैनिक काम कारवाही सञ्चालन गरिरहेको बारेकोट गाउँपालिका–५ का खड्क शाहीले जानकारी दिए । गाउँपालिकाले अन्य सहायक सडक निर्माणको काम तीव्र पारेको बताइएको छ । जुम्लासँग सडक जोड्न लागि काम तीव्र पारिएको छ । कोरोना त्रासका बीचमा विकास निर्माणको कामलाई गति दिइएको गाउँपालिकाले जनाएको छ । बिरामी हुँदा होस् वा अन्य कुनै समस्या परेमा दुई दिन लगाएर सदरमुकाम आउने यहाँका स्थानीयवासी अहिले एक दिनमै सदरमुकाम आएर जान सक्ने अवस्था सिर्जना भएको छ ।

गाउँपालिकामा विद्युतीकरणका लागि सडक निर्माण भएकै ठाउँबाट पोल गाडेर तार तान्ने काम केही दिनमै सुरु हुने नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले जनाएको छ ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist