मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

नारी आवेश

माधव न्यौपाने

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २७, २०७७
0
51
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter
नारी  आवेश

असारको महिना । ठ्याक्कै तीन दिनदेखि सघन पानी परिरहेको सुर्खेती आकाशमा चौधो दिन बिहाननै अनपेक्षित पूर्वी क्षितिजमा हल्का लालीमा थप्दै सूर्योदय हुन्छ । सूर्यको उदय सँगसँगै  मानिसहरु आ(आफ्ना काममा दौडिरहेका छन् । विद्यार्थी स्कुल (कलेजतिर , व्यापारी व्यापार (व्यवसायतिर , कर्मचारी कार्यालयतिर , किसान चाँचरी गीत गाउँदै मेलापाततिर । परिवेश घमाइलो देखिन्छ तर पाँच बर्षदेखि हत्याको सजायमा कैदी बनेर कैदखानामा दिन काटिरहेकी सेता वस्त्रमा परिवेष्टित मनमायाको मनमा चाहिँ अझै  पनि घाम लाग्न सकेको देखिँदैन । मनको एक पाटोमा अमिट भई बसेका विगतले उनलाई बेलाबखतमा झस्काउने गर्छन् ।

नेपालमा गरिबी र असमानताका विरुद्धमा नेपाल कम्युनिस्ट पाटी माओवादीका नाममा सुरु भएको दस बर्षे शसस्त्र विद्रोहले सर्वसाधारणलाई सारै पिरोलेको थियो । सर्वसाधारण मानिसहरु सरकार र विद्रोहीको क्रूरताको सिकार बन्न बाध्य थिए । हजारौं निरपराधीहरु कठोरतापूर्वक दण्डित भएका थिए  । विस्थापित भएका थिए । बलात्कृत भएका थिए । हजारौं निर्दोषहरुको निर्ममतापूर्वक हत्या गरिएको थियो । माओवादी सेना र नेपाल सरकार  दुवैबाट सर्वसाधारणको जीवन शोकभीत र भयभीत  थियो ।

कालिकोटको  सदरमुकाम मान्ममा तत्कालीन शाही नेपाली सेना र माओवादी सेनाबीच भएको भिडन्तमा मनमायाका बाबु मानबहादुर मारिए । तीन महिनाअघि मनमायाका दाजु पनि त्यसरी नै मारिएका थिए । छोरो मारिएको शोकले आँखामा आँशु नसुक्दै शिरको पति मारिएको खबरले मनमायाकी आमा विक्षिप्त भइन् । उनका दिनहरू रोदन मिश्रित हिक्(हिकीमा बिते । दिनहरु  बिते सँगसँगै महिना बिते । महिना बिते सँगसँगै उनको हिक्(हिकी रोकियो । तर आँखाबाट बग्ने आँशुका बलिन्ध धारा रोकिएनन् ।

एकरात रुँदै खाना खाइवरी सुतेकी आमा फेरि कहिल्यै उठिनन् । मनमायाको जीवनमा दिउँसै रात परेजस्तो भयो । जन्मदिने आमाले पनि कलिलै उमेरमा छोडेर गएपछि उनलाई धर्ती भासिएजस्तो भयो । उनी रातदिन रुन थालिन् । कराउन थालिन् । निन्द्रामा ुआमाु ुआमाु भनी बर्बराउन थालिन् । मनमायाको रुवाई सुनी उनका मामा दानबहादुरले उनलाई आफ्नो घरमा ल्याए । मनभरि पीडा बोकेकी मनमायालाई चारैतिरबाट पहाडै पहाडले घेरेको सुर्खेतको सहरी दृश्यले लोभ्याएन । धेरै दिनसम्म उनको मन आफ्नै गाउँघरका छाँगा ( छहरा , पहरामा  डुलिरह्यो । मनमा पारिवारिक शोकले एकछत्र राज गरिरह्यो । जीवनमा पीडा हुन्छन् तर पीडानै जीवन होइन । विगतका दुस्ख सम्झी बस्नु मात्रै जीवनको सार्थकता हो त रु उनको ब्रह्ममा यस्तै यस्तै कुराहरु खेल्न थाले । उनी मामाकै सहायतामा प्रमाणपत्र तहमा भर्ना भइन् । मिहेनती र लगनशील मनमायाले उत्कृष्ट प्राप्ताङ्कसहित प्रमाणपत्र तह उत्तीर्ण गरिन् ।

स्नातक तह अध्ययनका लागि उनी सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भइन्  । १८,१९ बर्षकी मनमायाको सुंगठित , सुन्दर र सुकोमल कायाले धेरैलाई लोभ्याउँथ्यो । उनको पारदर्शी सेतो रङ्गको सुरुवाल  र  कुर्ताबाट देखिने  सेता तिघ्रा र पुष्ट छातीमा केटाहरुका आँखा लोलाउँथे । केटाहरु उनको सामीप्य चाहन्थे । तर उनी सबैसँग समीप हुन चाहन्थिनन् । किन चाहन्थिनन् त्यो उनी नै जानून् । एकदिन अकस्मात् उनका चञ्चल गाजलु आँखा प्रबिन नामक समकक्षीका आँखासँग जुधे । अनार दानारुपी टलक्क टल्किएका दातका लहर देखाई उनी मुसुक्क मुसुकुराइन् । मनमायाको मीठो मुस्कान प्रबिनलाई जरुर मिठै लाग्यो । उनीहरुका आँखा आँखाले केही दिनसम्म बात मारे । तर आँखाले नै मनका सम्पूर्ण अभिव्यक्ति काँ अभिव्यक्त गर्न सक्छन् र रु उनीहरू एकअर्कालाई बरोबर भेट्न थाले । छोटो समयमै उनीहरु प्रेमीप्रेमिकाबाट श्रीमान् श्रीमतीमा परिवर्तन भए ।

वैवाहिक बन्धनमा बाँधिएसँगै मनमायाको जीवनको अर्को अध्याय सुरु भयो । केही दिन उनलाई पोइली घर बिरानो लाग्यो । ुहामी आईमाइ भनेका धर्ती हौं । जसरी धर्ती माता धेरै दुस्ख सहेर पनि मौनरुपमा बसेकी हुन्छिन् त्यसरी नै हामी नारीजाति पनि धैर्यपूर्व बस्न अभिशप्त छौँ । हाम्रा अनेकौं रुपहरु हुन्छन् । हामी कसैकी छोरी बन्छौँ , कसैकी स्वास्नी बन्छौँ, कसैकी बुहारी बन्छौँ , कसैकी आमा बन्छौँ  । नारीले एक रुपमा अनेकौं भूमिका निर्वाह गर्न सक्नुपर्छ , बुझ्यौं रु,ु आफू सानी हुँदा आफ्नी आमालाई मावलीघरकी हजुरआमाले बुझाएको कुरा मनमायाले सम्झिन् ।  उनी सखारै उठ्थिन् । घरको काम सकेर सहकारी संस्थामा जागिर गर्न जान्थिन् । प्रबिन पनि घर नजिकैको बोडिङ् स्कुलमा पठाउँथ्यो । नव विवाहित दम्पतीका दिनहरु खुसी खुसी साथ बिते त्यसैले उनीहरूले बर्ष बितेको पत्तो पाएनन् । समय निरन्तर आफ्नै रफ्तारमा कुदिरह्यो । त्यही समयकै कुदाइमा उनीहरुको प्रगाढ  प्रेमको बगैंचामा दुई थुँगा फूल फुले । दुई बर्षको अन्तरालमा फुलेका फूलहरु विस्तारै ( विस्तारै फक्रदै , हुर्कँदै , बढ्दै गए ।

मानिसको जीवन सोचेजस्तो कहाँ हुन्छ र रु  ू म ताक्छु मुढो , बन्चरो ताक्छ घुँडो ू भनेझैं मानिस जीवनमा आफू अनुकूलको गोरेटो चाहन्छ  तर बाध्यता र विवशताका डोरीले उसलाई अनुकूलताभन्दा बढी प्रतिकूलताको गोरेटोतर्फ डोराइरहन्छन् । ूदेशमै केही गर्छु , बूढा बाबुआमालाई स्याहारसुसार गर्छु , सँगै जीवनका उतारचढावहरु झेल्ने प्राण गरेकी जीवन सँगिनीसँग एकपल पनि अलग हुदिनँ , दुई तन एक भएर रमाउँदा (रमाउँदै जन्मेका दुई सुकुमारी छोरीलाई बाबुको अभिभावकत्वबाट वञ्चित हुन दिन्नँ ।ू भन्ने प्रबिन समयका अगाडि झुक्यो । सरकारी नियुक्तिमा मनग्गे घुस ख्वाउन नसकेकाले ऊ लिखितमा पास भएपनि मौखिकमा फालियो । लोग्ने स्वास्नीको मासिक २० हजार कमाइले चार जनाको परिवार कसरी चल्दो हो र रु अन्ततोगत्वा ऊ विदेश हानियो ।

लोग्नेको वियोगमा केही दिन मनमाया सारै छट्पटाइन् । भिडियो कलमा लोग्नेको अनुहार देखेपछि उनको छट्पटी केही घट्यो । उता लोग्ने याने प्रबिन पनि मनमायाकै हालतमा थियो । दुवैजना एकअर्काको अनुहार हेर्दै रुन्थे । ुटाढा हुँदा मायाको अझ महत्त्व हुँदोरहेछ ।ु, दुबैजना एकअर्काको अनुहार हेर्दै भन्थे । बिस्तारै बिस्तारै दिनहरु बित्दै गए , हप्ताहरु बित्दै गए , महिना बिते । प्रबिनले रकम पठायो । लोग्नेले पठाएको रकमलेले घरको गर्जो टारेर बाँकी जम्मा गर्न पाउँदा मनमाया खुसी हुन् थालिन् । उता प्रबिन पनि कठिन कामका बाबजुद मनग्गे रकम कमाउन पाउँदा खुसी भयो । कहिलेकाही प्रबिन हप्ताको एकपटक मात्रै फोन गथ्र्यो । ु कम्पनी बिजी छ । म खासै फोन गर्न भ्याउदिनँ । छोरीहरुको राम्रोसँग हेरविचार गरी , दुस्ख मन नगरी बसे है ।,ु ठ्याक्कै ऊ यिनै शब्द प्रयोग गथ्र्यो र तत्काल फोन काटिहाल्थ्यो ।

ुएक बर्ष , दुई बर्ष , तीन बर्ष , चार बर्ष , पाँच बर्ष । अहो १  उहाँ घर आउने दिन आएछन् । ,ु एकदिन बिहानै सुत्ने कोठाको भित्तोमा झुन्डिएको भित्रेपात्रोमा दृष्टिक्षेप गर्दै मनमाया मुस्कुराइन् । तत्काल म्यासेनजरमा निलो थोप्लो देखिएको लोग्नेको नाउँमा ट्ज गरिन् । घण्टी गयो तर फोन रिसिभ भएन । ुयता बिहानीको ६ बज्दा उता बिहानीको ९ बज्छ, क्यारे १ रुममै मोवाइल छाडी कतै मैले भनेको चिज सपिङ्ग गर्न जानु भएको होला ु भनी उनले चित्त बुझाइन् । दिनको मध्यान्तरमा प्रबिनले होइन मनमायाले नै फोन गरिन् ।

ु हलो ु
ु अँ , किन बिहान फोन रिसिभ नगर्नु भुको रु,ु मनमायाले सोधिन् ।
ु टिकटको लागि साथीको कोठामा गएको बेला फोन आएको रहेछ , त्यसैले ।।।। ,ु प्रबिनले ढाँट्यो ।
ु कैँलेलाई टिकट फिक्स भो रु,ु उत्सुक हुँदै मनमायाले सोधिन् ।
ु हप्ता दशदिन डिले होला जस्तो छ ।,ु प्रबिनले जवाफ फर्कायो ।
ुकिन रु,ु मनमायाले हडबडाएर सोधिन् ।
ु दश दिनयताका डाइरेट उडान हुने प्लेनका सिट बुकिङ भैुसके अरे १ ट्रान्जिट प्लेनका सिट पनि खाली छैनन् अरे १ दशै तिहारमा स्वदेश फर्कने नेपालीको घुइँचो छ अरे १ ,ु प्रबिनले ुअरे अरेु का कुरा सुनाइदिएपछि मनमाया केही बोलिनन् ।

दुईदिन पछाडि भाग्यले प्रबिनले एउटा डाइरेट प्लेनमा ूक्यानसिलेसन ू टिकट भेट्यो । उसले तत्काल घरमा फोन गरी आफू आउन लागेको तर आफूलाई लिन काठमाडौं नआउन आग्रह गर्‍यो । मनमायालाई लोग्ने स्वदेश आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिसिभ गर्न जाने पहिल्यैदेखिको ईच्छा थियो तर अहिले लोग्नेले ुनआउनु ु भनेपछि उनले ु म आउँछु ु भनेर जिद्दी गर्न मनासिब ठानिनन् । ु म एअरपोर्ट नजादैमा मेरो लोग्ने अर्कैको हुने होइन क्यारे १ फेरि एअरपोर्टमा गएर छुट्टै के हुन्छ र रु दुई दिनपछि त उहाँ आइहाल्नु हुन्छ नि । ,ु मनमायाले गम खाएर मनमनै बोलिन् । ु पाँच बर्षपछि घर फर्केको लोग्नेले आफ्ना लागि असीम प्रेमका प्रणयोपहार ल्याउनेछ । छोरीहरुले बाबुको न्यानो माया र साथ पाउनेछन् । ,ु उनी स्वैरकल्पनामा हराउन थालिन् ।

दुई दिनपछि होइन , तीन दिनपछि प्रबिन घर आइपुग्यो । सपरिवारमा हर्षोन्माद छायो । मनमायाका आँखा खुशीले सजल भए । ८ बर्षकी जेठी छोरी बाबुको काखमा लुट्पुटिन पुगिन् । ६ बर्षकी छोरीले बाबुलाई चिनिनछन् क्यारे १ उनी आमातिरै टाँस्सिन् । कान्छी छोरीले आफूलाई नचिनेकोमा प्रबिनलाई नरमाइलो लाग्यो तर उसले नरमाइलो मानी बस्ने समय पाएन । दिनहरु घर्किँदै गए । पारिवारिक सम्बन्धमा रसिलोपन थपिँदै गयो ।

एक बिहान लोग्ने साबिक समयमा नउठेपछि मनमाया उठाउन गइन् । ु नरिसाऊ न सानूमाया ।।। मैले फोन नगरे पनि फेसबुक म्यासेज त पठाुकै थे नि । फोन गर्न नसक्ने मेरो अवस्था बुझन् भन्या ।,ु भनेर लोग्नेले सानो स्वरमा परस्त्रीसँग कुरा गरिरहेको स्वर सुनेर उनी आगोले पोलेझैं झस्किन् । ूम पछि फोन गर्छु डियर १ लभ यू वाई ू यी शब्दले उनका कान सन्न भए । शरीर काप्यो । रिसको पारो बढ्यो । तर रिस दबाएरै उनले कोठाभित्र प्रवेश गरिन् । लोग्नेले ब्लाङ्केट ओढी गोडा तन्काई भलादमी निन्द्रा परेको बहाना गर्‍यो । स्वास्नीले लोग्नेको बहाना थाहा नपाएको बहाना गरिन् । उनले लोग्नेले चाल नपाउने गरी सिरानीको मोबाइल समाइन् । लोग्नेले स्वास्नीको चाल नथापाएझैं गर्‍यो । उनका आँखा लोग्नेको फेसबुक म्यासेजमा दौडिहाले ।

भर्खरै अघि फोन गर्ने केटीको नाम पवित्रा रहेछ । उनी काठमाडौंमा बस्दी रहिछन् ।  करिब ४ बर्षअघि लोग्ने र पबित्राको फेसबुकमै भेट भएको रहेछ । ुलोग्नेले आफू अविवाहित हुँ ुभनी ढाँटेको रहेछ । उनीहरुले फेसबुकबाटै पिरती गाँसेका रहेछन् । बेलाबखतमा उनीहरू  एकअर्काको नग्न तस्वीरहरु साटासाट गरी हेर्दा रहेछन् । लोग्नेले कहिलेकाही उसलाई पैसा पनि पठाउँदो रहेछ । उनीहरूले बिहा गर्ने बाचा गरेका रहेछन् । लोग्नेको व्यभिचारीपन थाहा पाएपछि उनी फन्न घुमेर भुइँमा थचारिन् ।

केही क्षणको भुइँचालो केही मत्थर भएपछि उनी उठिन्  र लोग्नेले ओढीराखेको ब्लाङ्केट सोहोरेर भुइँमा फ्याँकिदिन् । लोग्नेले ूकिन यसो गरेकोू भनी सोधेन । ु धेरै , सुतेको स्वाँग पार्नु पर्दैन ।,ु स्वास्नी जोडले कट्किन् । लोग्नेले नसुनेझैं गर्‍यो । ु सुन्नुभएन ।।।रु उठ्नूस् भनेको ।।।।।,ु स्वास्नी दोस्रोपटक रिसले कट्किन् तर आदरार्थी शब्द बिर्सिनन् । लोग्ने लाचार भएर उठ्यो तर केही बोलेन । बरु स्वास्नी नै बोलिन् ( ु लाज , सर्म , धर्म , कर्म  केही छैन है १ हजुर यहीँ गर्न विदेश जाुनु  भाु हो रु दुनियाँ केटीहरु सँग कुरा गर्नु भन्दा पहिले म विवाहित हु , मेरा छोरीहरु छन् भन्ने ख्याल भएन रु त्यो पवित्रा भन्ने रन्डी काँ छे रु आज म त्यसका जगल्टा भुत्ल्याउँछु ।ु
ु कुरा बुझेर बोल् भन्द्या छु ।,ु लोग्ने आँटैले बोल्यो ।
ु के बुझ्ने।।के बुझ्ने।।।अब के बुझ्ने।।।। रु फुँडीसँग लाग्ने फुँडो रु धुक्क।।।मधुकर १,ु स्वास्नीले फेरि शब्दले नै आक्रमण गरिन् । अचाक्ली रिस उठाएपछि लोग्नेले स्वास्नीका गाला बजाइदियो । उनी ह्वाँह्वाँ रुँदै भान्सातिर गइन् । भान्सामा छोरीहरु खाना खान आइसकेका रहेछन् । आँशु पुछ्दै उनले छोरीहरुलाई खाना ख्वाइन् र ड्रिरेस लगाई स्कुल पठाइन् । स(साना छोरीहरुले आमाको आँखामा आँशु देखेनन् । ु सत्य लोग्ने एकाएक कसरी यस्तो कपटी भयो रु के लोग्ने परिवर्तनशील हुन्छन् रु,ु स्वास्नीले प्रश्न गरिन् (ु पतिव्रता चाहनेले किन पत्नीव्रता पालना गर्दैनन् रुु

स्वास्नीले खाना खान लोग्नेलाई बोलाइनन् न त आफूले नै खाइन् । दिनभर मन एकतमासको भैइरह्यो । मनमा अनेकौं कुराहरु आइरह्ये , गइरह्ये ।  ुके पुरुष जननेन्द्रियको दासत्व हुन अभिशप्त नै छ त रुु उनले गम खाइन् । साँझपख , लोग्नेले खै कताबाट लोकल ठर्रा खाई आएछ (  स्वास्नीले चाल पाइहालिन् । स्वास्नी देखेर लोग्ने बम्कियो ( ुतेरो र मेरो आजदेखि शारीरिकरुपमा सम्बन्धविच्छेद , कानुनीरुपमा भोलि हुनेछ ।ु
ुके भन्नू भो ।।रु,ु स्वास्नीले फेरि सुन्न चाहिन् ।
ु भोलिदेखि तेरो र मेरो सम्बन्धविच्छेद हुनेछ । तँसँग आइन्दा मेरो जीन्दगी चल्दैनँ । मलाई एउटा छोरो चाहिएको छ , जुन तँबाट असम्भव छ।,ु स्वास्नीले सुन्न चाहेका नचाहेका सबै  कुरा लोग्नेले राम्रैसँग सुनाइदिए पछि स्वास्नी अवा्क भइन् । सत्य युगमा पिता दक्ष प्रजापतिले पति महादेवको निन्दा गरेको सहन नसकी अग्निकुण्डमा हाम् फालेर प्राण त्याग गरेकी सत्यदेवीको निष्ठाबाट प्रभावित उनी विचलित भइन् ।उनले धूर्त र प्रतिगामी लोग्नेको मुखबाट अरु शब्द सुन्न चाहिनन् । २१औं शताब्दीमा नेपाली समाजको प्रारब्धपनि सनातन पितृसत्तात्मक सोचले ग्रस्त भएको देख्दा उनलाई दुस्ख लाग्यो । उनी सरासर घरको बार्दलीमा गइन् र पश्चिम क्षितिजतिर हेर्दै फुसफुसाइन् ( सुशिक्षित भनिएका मान्छेबाटै नै किन अशिक्षितको झैं व्यवहार हुन्छ रु नारी पृथ्वी हो , पुरुष बीउ हो भन्ने कुरा किन बुझ्दैन या बुझी(बुझी पनि बुझ पचाउँछ यो समाज रु उनी फुसफुसाउँदा( फुसफुसाउँदै बार्दलीमा टहल्लिन थालिन् ।

उनले लोग्नेको प्रेमीरुप सम्झिन् । किन एक समयको प्रेमी सधैंको प्रेमी हुन सक्दैन रु  के प्रेम घृणा हो रु के घृणा प्रेम हो रु उनी एक्कासि रणचण्डीझैं थररर काँप्न थालिन् । महिषासुरको वध गर्ने दुर्गा भगवती उनको शरीरमा चढिन् ।  उनले जताततै रगतै रगतको आहाल देखिन् । ु प्रेम पीडा हो , प्रेम पीडा हो ।,ु भन्दै कौसीको देब्रेपट्टी राखिएको बन्चरो उनले कोठामा परस्त्रीसँग फोनमा हाँसिरहेको व्यभिचारी लोग्नेको टाउकोमा बजारिन् । भुइँमा लडेको लोग्ने हाँसेको हाँस्यै भो १ लोग्नेको टाउकोमा बन्चरो बजार्नु अघि उनले आफ्नो सिउँदोको सिन्दुर नसम्झिकी हैनन् , गलाको पोते र नाडीका चुडा नसम्झिकी हैनन् , सेता परिधानका बारे ख्याल नगरेकी हैनन् । तर उनले दुस्ख मन गरी सुस्खसँग बाँच्न चाहिनन् ।
एकैपटकमा मरेको लोग्नेको बीभत्स रक्तमूर्छित मृत शरीरलाई उनले गौर गरेर हेरिन् । यस्ता व्यभिचारीको रगत त रातो नहुनु नि १ अरुलाई अन्याय र अत्याचार गर्ने मान्छे त तड्पी (तड्पी मर्नु नि १ कपटी  त्यो मन छाती फोडेर बाहिर निस्कनु नि १  कम्तीमा हेर्न त हुन्थ्यो । उनले सोचिन् । कोठामा भएको होहल्ला सुनी घरबेटीको माइलो छोराले अघिनै प्रहरीलाई खबर गरिसकेको रहेछ । नेपाल प्रहरी आए र उनलाई नियन्त्रणमा लिए ।

अतीतका ती दुखान्त घोडा अन्तिम गन्तव्यमा पुग्नु अगावै टक्क अडिन्छन् । मनमाया केही थामिन्छिन् । अब यी काला कोठरीमा बिताउनु पर्ने दिन धेरै छैनन् ( उनी सोच्छिन् र सदाझैं कारागार भित्रको आफ्नो दैनिकीमा तल्लीन हुन्छिन् ।

Related Posts

आत्महत्या समस्या कि समाधान ?
साहित्य

आत्महत्या समस्या कि समाधान ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist