मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

कर्णालीको क्षेप्यास्त्र बाग्मतीमा पड्कने त्रास

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २७, २०७७
0
59
SHARES
330
VIEWS
Share on FacebookShare on Twitter
कुसुम विश्वकर्मा

काठमाडौं । असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालको साथ पाएर बुर्कसी मार्न तम्सिएका पुष्पकमल दाहाल प्रचण्डलाई ठेगान लगाउन प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेशमा क्षेप्यास्त्र प्रयोग गरे । प्रचण्ड निकट पूर्व माओवादी नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीबाट हटाउन सक्ने सन्देश दिन ओलीले पूर्व एमाले पक्षका सांसदहरुलाई अग्रसर गराएका छन् ।

केन्द्रमा नेपालको उक्साहटमा प्रचण्डले ओलीलाई “थाल खाउँ की भात खाउँ”को शैलीमा दपेटेपछि ओलीले नयाँ चाल चले । प्रधानमन्त्री ओलीको इशारामा कर्णाली प्रदेशका सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएर प्रचण्डलाई थान्कोमा बस्न संकेत गरेका छन् । ओलीलाई यस्तो गर्न उक्साउने र तारतम्य मिलाउने काम रक्षामन्त्री ईश्वर पोखरेलले गरेको स्रोतको दावी छ ।

मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा प्रचण्डले पोखरेलको चर्काे आलोचना गर्दै उनलाई समेत हटाउन अडान लिएको रिस उनले त्यहाँ फेरेको बुझिन्छ । प्रचण्डलाई धेरै नचढ्न सन्देश दिने हिसाबले ईश्वर कम्रेडले यस्तो खेल खेलेको हामीले थाहा पायौं– प्रचण्ड निकट स्रोतको भनाई छ । पोखरेलले कर्णाली प्रदेशका पूर्व एमाले नेता यामलाल कंडेललाई शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न ग्रीनसिग्नल दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्रीका दाबेदार कंडेल लामो समयदेखि शाहीसँग असन्तुष्ट छन् । यद्यपि उनी बामदेव गौतम निकट मानिन्छन् । तर मुख्यमन्त्री फेर्न ओली पक्षले सघाउने संकेत पाएकाले उनकै पहलमा यो काम अगाडि बढाइएको हो । यसबारेमा उनले गौतमलाई समेत सुइँको दिएनन् । साथै, माधव नेपाल पक्षका सांसदलाई समेत यसबारे नेताहरुलाई जानकारी नगराउन उनले नै आग्रह गरेका थिए ।

साँच्चै भन्ने हो भने यो प्रकरणमा नेता नेपाल र गौतमलाई पछि मात्रै जानकारी दिइएको हो । सबै खेला ओलीको सहमतिमा ईश्वर कम्रेडले नै खेलेको बुझिन्छ – स्रोतले भन्यो । ईश्वर पोखरेलकै ईशारामा अविश्वास प्रस्ताव दर्ता गरिएको प्रष्ट भएकाले यसबारे प्रचण्डले हिजै प्रधानमन्त्री ओली र नेता नेपालसँग कुरा गरे । साथै, प्रस्ताव फिर्ता लिन आग्रह समेत गरेका छन् । नेता नेपालले मुख्यमन्त्री शाहीको कार्यशैली निरंकुश रहेको गुनासो सबैबाट आएको भनेपनि अहिले सरकार फेर्ने दिशामा जानु घातक हुने बताएका थिए । लगत्तै उनले आफूनिकट सांसद निरज आचार्यलाई प्रस्ताव फिर्ताको पहल गर्न आग्रह गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले भने प्रचण्डलाई प्रदेशस्तरको लफडामा आफूलाई नपार्न भनेका थिए । साथै, सरकार आलोपालो चलाउने पूर्वसहमति अनुरुप साथीहरुले प्रस्ताव ल्याएको होला भन्दै हलुका जवाफ दिएका थिए । लगत्तै प्रचण्डले यस्तो सहमति त केन्द्रमा समेत रहेको स्मरण गराउँदै अहिले नियोजित रुपमा यो प्रकरण आएकाले केन्द्रले हस्तक्षेप गर्नुपर्ने भन्दै नत्र यसको असर अन्यत्रसमेत देखिने चेतावनी दिएका थिए । ओलीले अब कसरी पहल गर्छन्, त्यसैमा पार्टी एकता लगायत धेरै कुरा निर्भर हुने भन्दै प्रचण्ड पर्ख र हेरको अवस्थामा छन् ।

आज बिहान उनले पूर्व माओवादी नेताहरुलाई खुमलटारस्थित निवासमा बोलाएर गम्भिर छलफल गरेका छन् । भेलामा सहभागी अधिकांशले ओलीको हेपाहा नीति र प्रवृत्तिको डटेर सामना नगर्ने हो भने भोलि अझै ठूला समस्या झेल्नुपर्ने बताए । आज ओलीले कस्तो कदम चाल्छन्, त्यसै अनुसार अगाडि जानुपर्ने प्रचण्डले राय व्यक्त गरेको स्रोतले बतायो ।

भेलामा सहभागी नेता मातृकाप्रसाद यादवले पार्टी एकता गम्भिर संकटमा परेको भन्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने अवस्थाप्रति सचेत गराए । पूर्व माओवादी भन्ने सोच उहाँहरुमा व्याप्त छ, त्यसैले हामी एमालेमा समाहित भएको जस्तो व्यवहार हुन थालेको उनले बताए । पूर्व एमालेलाई अझै दम्भ रहेको भन्दै उनले अब एकै ठाउँमा बस्ने हो भने समान हैसियतको व्यवहार हुनुपर्ने उनले प्रष्ट पारे । हामी ओलीजीको कम्तिया हो र ? समान हैसियतको राजनीतिक शक्ति हो भन्ने सन्देश दिनका लागि अब निर्णायक छलफल हुनुपर्ने उनले बताए ।

उता, यो प्रकरणले अन्य प्रदेशमा समेत हलचल मच्चिएको छ । प्रदेश १ र बाग्मती प्रदेशमा यस्तै प्रकरण दोहरिने खतरा बढेको छ । प्रदेश नं. १ मा ओली पक्षका शेरधन राईलाई हटाएर नेपाल पक्षका भीम आचार्यको पक्षमा बहुमत जुट्ने देखिएको छ । यस्तै, बाग्मती प्रदेशमा समेत डोरमणि पौडेलको ठाउँमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने खेलमा नेपाल पक्ष सक्रिय हुने संकेत देखापरेको छ ।

यसले गर्दा प्रधानमन्त्री ओलीमाथि थप दबाब परेको छ । कर्णालीको समस्या समाधान भएन भने पूर्व माओवादी पक्षलेसमेत नेता नेपालको पक्षमा माहोल बनाउन सक्ने अवस्था छ । त्यसैले गर्दा ईश्वर पोखरेलको चंगुलमा फसेका ओलीलाई अझै ठूलो सकस हुनसक्ने अवस्था निर्माण भएको छ । त्यसका लागि ओलीले आज कस्तो कदम चाल्छन् , त्यसैमा सबै निर्भर हुने अनुमान गरिएको छ । नेपालबहस 

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist