मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

सरकारले भन्यो-कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २९, २०७७
0
64
SHARES
356
VIEWS
Share on FacebookShare on Twitter
सरकारले भन्यो-कार्तिक ७ गतेसम्म विज्ञापन नहटाए विदेशी च्यानल बन्द

२८ असोज, काठमाडौं । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न आग्रह गरेको छ । त्यसो नभएमा कानूनअ बमोजिम हुने मन्त्रालयले बताएको छ।

कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने बताएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडी विदेशी च्यानलमा क्लिन फिड भएरनभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास गरिसकेको बताउँछन् ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । ऐनमा भनिएको छ-ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।

प्रवक्ता दुवाडीका अनुसार ऐनमै व्यवस्था भएकाले माग भए बमोजिम क्लिन फिड लागू हुने समयसीमा सार्न सकिने अवस्था छैन । ‘असारमा डाउनलिङ्क अनुमति नवीकरण गर्दा सबै च्यानलले तोकिएको सयममा क्लिन फिडमा जाने शर्त स्वीकार्नुभएको छ,’ उनले भने, ‘यसबाट कोहीपछि हट्छ भने कानुनअनुसार च्यानलको प्रसारण रोकिन्छ ।’

नेपाल सरकारले क्लिन फिड लागू गर्न चाहेको निकै भयो । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा क्लिन फिड गरिदिन भारतीय च्यानल तथा अपरेटरहरूसँग नेपालका केबल, आईपीपी, डीटीटी, डीटीएचलगायत प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्ने टेलिभिजन अपरेटरहरूले माग गरिरहेका छन् ।

केबल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष पराजुली न्युज च्यानलमा विज्ञापन रोक्न कठिन हुने बताउँछन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न सम्भव नहुने उनले बताए ।

खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् ।

भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ । त्यो समयमा नेपालकै विज्ञापन राख्न पाउनुपर्ने माग नेपाली टेलिभिजन सेवा प्रदायकहरूले गरेका छन् । तर संसदको विकास तथा प्रविधि समितिले नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै क्लिन फिड गरिएका विदेशी च्यानलमा नेपालको विज्ञापन बजाउन नपाउने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण हुने विदेशी च्यानल घट्ने छन् । डाउनलिङ्क अनुमति लिएर जथाभावी च्यानलहरू प्रसारण गर्ने गरिएकोमा अब क्लिन फिड नगरिएका च्यानलहरू स्वतः रोकिनेछन् । धेरै भारतीय च्यानलहरू नेपालमा क्लिन फिडमा खर्च गर्न इच्छुक छैनन् ।

नेपाललाई के फाइदा ?

सरकारले २०७४ साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । निर्णय लागू हुन नपाउँदै ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले निर्णय स्थगित गरेको थियो । भारतीय टेलिभिजन प्रसारकहरूको दबाव र नेपाली टेलिभिजन वितरकहरूले घोषणा गरेको आन्दोलनका कारण निर्णय स्थगित भएको थियो ।

निर्वाचनपछि आएको नयाँ सरकार ऐनमै यो व्यवस्था गर्न अग्रसर भयो । टेलिभिजन सेवा वितरकहरू पुनः विरोधमा उत्रिए । संसदमा मधेश केन्ऽित दल राजपालगायतले विधेयक संशोधनमा लागि प्रयत्न गरे । अन्ततः संसदमा सरकारको प्रस्तावअनुसार नै विधेयक पास भएर ऐनका रूपमा लागू भयो ।

नेपालमा २०० भन्दा बढी विदेशी च्यानल क्लिन फिडविना प्रसारण हुन्छन् । यसमा पनि हिन्दी भाषाका भारतीय च्यानलको प्रभुत्व छ । टेलिभिजन सेवा प्रदायकहरू असन्तुष्ट भए पनि नेपाली विज्ञापन व्यवसायी क्लिन फिड लागू हुनुपर्ने पक्षमा छन् । नेपाली बजारलाई लक्षित गरेर बहुराष्ट्रिय कम्पनीहरूले भारतका च्यानलमा पैसा खर्च गर्ने गरेका कारण नेपालले त्यसबाट लाभ लिन नसकिरहेको उनीहरूको तर्क छ ।

क्लिन फिड लागू भए नेपालमा आफ्नो उत्पादनको बजार भएका विदेशी कम्पनीले नेपालमै विज्ञापनका लागि पैसा खर्च गर्ने अपेक्षा गरिएको छ । साथै, नेपाली टेलिभिजन दर्शकले पनि विदेशी च्यानलमा अनावश्यक विज्ञापन हेर्नुपर्दैन । यसबाट अहिलेको वाषिर्क ६ अर्बको नेपाली विज्ञापन बजार तत्कालै ८ अर्बभन्दा माथि पुग्ने नेपाल विज्ञापन संघको आकलन छ ।

नेपालको विज्ञापन बजार सानो छ । विज्ञापन व्यवसायीहरूका अनुसार विदेशी टीभी च्यानलहरूले यसलाई संकुचित बनाइदिएका छन् । विदेशी च्यानलमा निर्बाध रूपमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन बज्छन्, जुन सामग्रीका नेपालमा थुप्रै उपभोक्ता छन् ।

नेपालमा बजार प्रबर्द्धनका लागि उत्पादक कम्पनीले छुट्टै रकम खर्चिनु पर्दैन । यही कारणले नेपालमै रहेका बहुराष्ट्रिय कम्पनीहरूले नेपालका लागि विज्ञापनमा कम खर्च गरिरहेको विज्ञापन व्यवसायीको भनाइ छ । यसबाट नेपालको विज्ञापन व्यवसायलाई वाषिर्क करोडौं नोक्सानी भइरहेको छ ।

क्लिन फिड लागू भएपछि नेपालको विज्ञापन बजार अहिलेको भन्दा कम्तीमा दोब्बर बढ्ने आशा गरिएको छ । यसबाट सरकारको राजस्व पनि बढ्नेछ ।

सञ्चार मन्त्रालयका अनुसार क्लिन फिड लागू भए विज्ञापन बनाउन स्वदेशको साधन र स्रोत प्रयोग हुन्छ र देशको आम्दानी बढ्छ । यस्तै स्वदेशी कलाकार र सेलिबि्रटीहरूको माग बढ्छ, विदेशी कलाकारले लैजाने पैसा नेपाली कलाकारले पाउँछन्, विज्ञापनबाट मिडिया हाउसहरु स्वतः लाभान्वित हुन्छन् र मिडिया उद्योग पनि फस्टाउँछ भन्ने तर्क गरिएको छ । अहिले सरकारलाई वाषिर्क ७ लाख तिरेर विदेशी च्यानलहरू विज्ञापनसहित नेपालमा प्रसारण हुन सक्छन् । यही शूल्कबाट विदेशी च्यानलहरूले नेपालमा अर्बौं मूल्यका विज्ञापन पनि देखाइरहेका छन् ।

यसलाई रोक्न र नेपालको विज्ञापन बजारलाई व्यवस्थित एवं थप विस्तार गर्न क्लिन फिडको व्यवस्था प्रभावकारी हुने सरकारी अधिकारीहरूको भनाइ छ ।

क्लिन फिड लागू भए नेपाललाई सांस्कृतिक रूपमा पनि फाइदा हुने नेपाल विज्ञापन संघको तर्क छ । क्लिन फिड लागू भएपछि विदेशी च्यानल हेर्नेको संख्या पनि घट्दा नेपालका टेलिभिजन बलियो हुने तर्क पनि उनीहरूको छ ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

प्रदेश

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist