मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

सुरक्षा व्यवस्था कडाई गर्न कर्णालीमा ३८ सय प्रहरी परिचालन

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २९, २०७७
0
49
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter
सुरक्षा व्यवस्था कडाई गर्न कर्णालीमा ३८ सय प्रहरी परिचालन

सुर्खेत ।दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै कर्णाली प्रदेशभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सक्रियता बढाएको छ । विशेष सुरक्षा योजना अन्तर्गत प्रदेशभर तीन हजार ७ सय ८९ जना प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनले चाडपर्वका बेला प्रदेशमा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताए । यसका लागि विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिनुका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जनाए । कुनै पनि हिँसाजन्य गतिविधि घटेमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आवश्यकता परेमा प्रदेश सशस्त्र प्रहरी गणसँगै जिल्लाका विभिन्न यूनिटबाट थप सुरक्षाकर्मी परिचालित गरिने छ ।’

‘कुनै पनि हिँसाजन्य गतिविधि घटेमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘आवश्यकता परेमा प्रदेश सशस्त्र प्रहरी गणसँगै जिल्लाका विभिन्न यूनिटबाट थप सुरक्षाकर्मी परिचालित गरिने छ ।’

उनले अवान्च्छित, अपराधिक गतिविधि नियन्त्रण तथा सडक सुशासन कायम गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय चौविसै घण्टा तयार रहेको जिकिर गरे । उनका अनुसार सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, लागुऔषध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैंक तथा वित्तीय सङ्घ संस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ । विभिन्न प्रदेशका सीमा नाकामा तालीम प्राप्त कुकुरसहित चेकजाँच थालिएको उनको भनाइ छ । यस्तै यात्रुको सहजीकरणका लागि प्रदेशका विभिन्न स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष पनि स्थापना गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

चाडपर्वका समयमा विभिन्न हिँसाजन्य क्रियाकलापका कुनै पनि घटना घटेमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुनसमेत उनले सर्वसाधारणलाई आग्रह गरे । उनका अनुसार प्रहरी सडक सुशासन, सार्बजनिक यातायातका साधनहरुको सहज आवागमन र दुर्घटना न्युनिकरणका लागि सीसीटीभी, रडर गनलगायतका प्रविधिको समेत अधिकतम् उपयोग गरिएको छ । ‘खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्थामा प्रहरीको सक्रियता उतिकै रहनेछ,’ उनले भने, ‘खासशरी बजार क्षेत्रमा हुने पकेटमारी,चोरी,लुटपाट,गुण्डागर्दी र ठगि नियन्त्रणसँगै सार्वजानिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने, गराउने व्यवस्था समेत मिलाएका छौं ।’

‘खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको मिसावट, कालोबजारी रोकथाम तथा सहज आपूर्ति व्यवस्थामा प्रहरीको सक्रियता उतिकै रहनेछ,’ उनले भने, ‘खासशरी बजार क्षेत्रमा हुने पकेटमारी,चोरी,लुटपाट,गुण्डागर्दी र ठगि नियन्त्रणसँगै सार्वजानिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटी हराउन गएमा खोजतलास गर्ने, गराउने व्यवस्था समेत मिलाएका छौं ।’

उनले चाडपर्वको अबसरमा जुवातास,डाईस,(लङगुर गुर्जा) कौडा खेल्ने जस्ता प्रबृतिहरु पुर्णतया निषेध गर्दे चोरी तस्करी तथा लागु औषधको ओसार पसार नियनत्रण गरिने जनाए । उनका अनुसार कर्णालीका दश वटै जिल्लामा चाडपर्व अवधिभर अबान्छित, अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालय सहित मातहत जिल्लाहरुमा एक÷एक वटा कमाण्ड सेन्टरको समेत स्थापना गरिएको छ । ‘चाडपर्व अवधिभर राजमार्ग सुरक्षा एवं ग्रामिण क्षेत्रका लागि १९० स्थानमा मोबाईल गस्तीसँगै २८ स्थानमा नियमित चेक प्वाईन्ट तथा ३९ स्थानमा ट्राफिकसहित आकस्मिक चेक प्वाईन्ट बनाईएको छ,’ उनले भने, ‘प्रदेशका २४ स्थानमा यात्रु सहायता कक्ष, ७४ स्थानमा पिकेटसँगै ६७ स्थानमा झैझगडा, चोरी, लुटपाट, जुवातास, मापसे नियन्त्रण केन्द्र बनाईएका छन् ।’ उनका अनुसार २० स्थानमा धार्मिक तथा पर्यटकीय स्थल सुरक्षासँगै १७ वटा बजार अनुगमन टोली गठन गरिएको छ । उनले आवश्यकता अनुसार क्वारेन्टाईन र आईसोलेसन सुरक्षा ड्युटीसँगै ३१ स्थानमा बैंक एवं बित्तिय संस्था तथा आर्थिक कारोबार बढी हुने क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाए ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist