मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

एक लाख घुस दिएर दश लाखको बार्गेनिङ

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
अशोज २९, २०७७
0
50
SHARES
275
VIEWS
Share on FacebookShare on Twitter
एक लाख घुस दिएर दश लाखको बार्गेनिङ

सुर्खेत ।कालिकोट जिल्लाको सान्नी–त्रिवेणी गाँउपालिका वडा नं. ४ स्थित स्याउलीबिसौली सुनार खोला तटबन्धन आयोजनाको भुक्तानी गर्दा एक लाखको घुस लेनदेन गरियो । करीव ३० लाख लागत रहेको उक्त आयोजनाका उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले डिभिजन वन कार्यालयका करार वन रक्षक सर्पराज बुढालाई एक लाख रकम घुस दिए । उनले दिएको घुस रकम स्थानिय कमल शाहीले भिडियो खिचे । उनीहरुले योजनाबद्ध रुपमा वन रक्षकलाई पैसा दिए । असारमा योजनाको रकम भुक्तानी लिएर गाँउ फर्किए ।
पछि साउन महिनामा सान्नीत्रिवेणी गाँउपालिकाकै स्थानिय कमल शाहीले डिभिजन वन कार्यालयका कर्मचारीहरुलाई घुस लिएको भिडियो आफुसँग रहेको र दश लाख नदिए बाहिर ल्याईदिने धम्की दिए । उनले त्यसका लागि कृषि विकास कार्यालयमा कार्यरत कार्यालय सहयोगी तत्कालिन नेकपा माओबादीको जनमुक्ति सेनाका कमाण्डर चन्दबहादुर शाही पहाडलाई परिचालन गरे । उनले पटक पटक वनका कर्मचारीहरुसँग भेटघाट गरे । वनका कर्मचारीले उठाएर दश लाख दिएपछि कमल शाहीसँग रहेको भिडियो डिलिट गर्ने आस्वासन दिए । तर वनका कर्मचारीहरुले दश लाख रकम दिन नसकिने भनेपछि उनी अन्त्यमा ५ लाखसम्म घटे । त्यो पनि वनका कर्मचारीहरुले दिन सकेनन् । त्यसपछि उक्त कुरा सार्बजानिक भयो ।
जिल्ला कृषि विकास कार्यालयमा राजनीतिक पावरका आधारमा कार्यलय सहयोगी पदमा नियुक्त भएका पुर्व लडाकु पहाडले कृषि विकास कार्यालयका विभिन्न विकासी योजनाहरुमा पनि कमशन उठाउने काममा सक्रिय रहेकोे एक कर्मचारीले बताए । उनका अनुसार कार्यलय सहयोगी शाही भुक्तानी लिन आएका उपभोक्ताहरुसँग नजीक हुने मदीरा खाने र छिटो छरितो सहज काम गराईदिन्छु भनेर केही रकम पनि लिदै आएका थिए । उनी कृषि कार्यालयमा रहेर कार्यलयको काम भन्दा पनि बढी बाहिर डुल्ने, नेताको मान्छे हुँ भन्ने र ठगी गर्ने कार्य गर्दै आएका छन् ।
गत आर्थिक बर्षमा त्रिवेणीमा प्रदेश सरकारको बजेटमा निर्माण गरिएको धर्मशालाका उपभोक्ता समितिको अध्यक्ष समेत भएका कार्यलय सहयोगी शाहीले बजेट भुक्तानी लिएको भोली पल्टै भवन भत्किदा बिबादमा आएका थिए । उनी प्रदेश सरकारको आयोजनामा उपभोक्ता समिति पनि बन्छन् । कार्यालय सहयोगीको जागिर पनि खान्छन् ।
बिभिन्न कार्यालयका योजनाहरुमा उपभोक्ता समितिबाट कमिशन पनि खान्छन् । उनले डिभिजन वन कार्यालयका कर्मचारीहरुसँग वन रक्षकले घुस खाएको प्रहरी प्रशासनमा पनि जानकारी पुगिसकेकाले उनीहरुलाई पनि मिलाउन सकिने बताएका छन् । उनी गत साउनदेखी असोजसम्म निरन्तर वनका कर्मचारीसँग बार्गिनिङ गरिरहेका छन् ।
कृषि विकास कार्यालयका कार्यलय सहयोगी शाहीले आफुले कमल शाहीसँग रहेको भिडियो डिलिट गराउनका लागि सहयोग गरेको बताए । उनले भने, ‘जुम्लाका करार वन रक्षक बुढा आफ्नो जुवाई नाता पर्छन् । कमल शाहीले आफुसँग उनले घुस खाएको भिडियो छ भनेर भनेपछि उनलाई जोगाउन दुवै पक्षको सल्लाह अनुसार समन्वय गरिदिएको हुँ । मैले लाखौ रुपैयाको मागेको होईन् । दुर्व पक्षलाई मिलाउन मात्र खोजेको हुँ ।’ उनले आफुले कसैसँग पनि कमिसन नमागेको बताए । सामान्य रुपमा खाजा खाने कुरा आफन्तका हिसावले खाने गरेको बताए ।
स्याउली बिसौली सुनार खोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले वन रक्षक बुढा र आफुबीच व्यक्तिगत कारोबार रहेको बताए । उनले भने, ‘हामीबीच पाँच बर्ष पहिलेदेखी चिनजान छ । सुर्खेतमा पनि सँगै घर छ । त्यसैले मैले
साथीसँग मागेको सहयोग फर्काएको हुँ । त्यसलाई भिडियो बनाएको भनेर रकम असुल्नु गलत हो । यो कार्य जसले गरे उनीहरु नै दोषि हुन् ।’ उनले आफुले स्टमेट अनुसारको काम गरी प्रक्रिया पुरा गरेर सबै रकम भुक्तानी लिएको बताए ।
डिभिजन वन कार्यालयका प्रमूख ललित कर्णले यस बिषयमा आफुलाई जानकारी नभएको बताए । उनका अनुसार सुरुवातमा ठेक्का प्रक्रियामा लिएको उक्त आयोजना वडा अध्यक्ष, स्थानिय सबैको आग्रहमा उपभोक्ता समिति मार्फत काम अगाडी बढाईयो । काम पनि राम्रै भएको छ । तर वन रक्षक र उपभोक्ता समितिबीच घुस लेनदेन भएको बिषयमा आफुलाई जानकारी छैन् । त्यो कुरा साच्चै पुष्टि भएमा कानुन बमोजिम कारबाही
हुन्छ ।
यता घुस रकम लिने वन रक्षक बुढासँग सम्पर्क भएन । भिडियो रहेको भनिएका कमल शाहीले आफुसँगै कसैको पनि घुस रकम खाएको भिडियो नरहेकोे बताए । उनले भने, ‘मसँगै कोही कसैको भिडियो छैन् । कृषि विकास कार्यालयका कार्यलय सहयोगी चन्दबहादुर शाहीलाई मैले आफुसँग भिडियो रहेको भनेर वनका कर्मचारीसँग बार्गिनिङका लागि पठाएको पनि होईन् । उनले किन के आधारमा बार्गिनिङ गरे मलाई थाहा भएन् ।’

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist