सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रिय संक्रमित रहेका ११३५ जनामध्ये ७३७ होम आइसोलेसनमा बसेका छन् ।
सबैभन्दा बढी ८७५ जना संक्रिय संक्रमित रहेको सुर्खेतमा ६९८ जना होम आइसोलेसन, ३३ जना होटेलमा, प्रदेश अस्पतालमा ५७ जना र २८ जना कटकुवाको आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनीधि वाग्लेले बताए ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ४३ जना संक्रिय कोरोना संक्रमित रहेको सल्यानमा ११ जना होम आइसोलेसनमा बसेको, २९ जना संक्रिय कोरोना संक्रमित रहेको रुकुमपश्चिममा ८ जना होम आइसोलेसनमा बसेको, हुम्लामा ४ जना कोरोनाका संक्रिय संक्रमितमध्ये २ जना होमआइसोलेसनमा बसेको र २५ जना संक्रिय कोरोना संक्रमित रहेको जुम्लामा १८ जना होम आइसोलेसनमा बसेका छन् ।
बस्न छाडेँ स्थानीय तहले बनाएका आइसोलेसनमा
स्थानीय तहले बनाएका आइसोलेसनमा कोरोना संक्रमित बस्न छाडेका छन् ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको लेकबेसी नगरपालिका आइसोलेसनमा ८ जना, गुर्भाकोट नगरपालिकाको आइसोलेसनमा २४, दैलेखको आठबिस नगरपालिकाको आइसोलेसनमा ३ जना, भैरवी गाउँपालिकाको आइसोलेसनमा १० जना, गुँरास गाउँपालिकाको आइसोलेसनमा १ जना र बिन्द्रासैनी नगरपालिकाको आइसोलेसनमा १ जना, सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा १५ जना, छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनमा १ जना, रुकुमपश्चिमको सानीभेरी नगरपालिकाको आइसोलेसनमा १० जना, आठबिसकोट नगरपालिकाको ४ जना, मुसिकोट नगरपालिका आइसोलेसनमा १ जना र बाँफीकोट नगरपालिकाको आइसोलेसनमा एक जना रहेका छन् ।
त्यस्तै, कालिकोटको नरहरिनाथ गाउँपालिकाको आइसोलेसनमा ६ जना, शुभकालिका गाउँपालिकाको आइसोलेसनमा ३ जना, खाँडाचक्र नगरपालिकाको आइसोलेसनमा २ जना, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको आइसोलेसनमा १ जना रहेका रहेका छन् ।
कर्णालीमा ३२ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कमल बजार नगरपालिका प्रयोगशाला अछाममामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको परीक्षणमा १९ जना, प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला ७ जना, दैलेख अस्पतालमा गरिएको परीक्षणमा ५ जना र कमल बजार नगरपालिका प्रयोगशाला अछाममा गरिएको २ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा कालिकोटका १४, जुम्लाका ५, दैलेखका ६, जाजरकोटका ५, सुर्खेतका २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।
योसँगै कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ५१७० पुगेको छ ।
कर्णालीका २२ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा कालिकोट २ जना, सुर्खेतका १४ जना र रुकुमपश्चिमका ६ जना रहेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ३८८४ पुगेको छ ।
कोरोनासँगै डेङ्गी रोगका बिरामी बढे
सुर्खेत । सुर्खेतमा कोरोना महामारीसँगै लामखुट्टेबाट सर्ने डेङ्गी रोगका बिरामी भेटिन थालेका छन् । चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा सुर्खेत जिल्लामा डेङ्गी रोगका १०२ जना बिरामी भेटिएका छन् ।
सुर्खेतमा डेङ्गी रोगका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनीधि वाग्लेले बताए । ‘अहिले सबैले कोरोनाको परीक्षण मात्र गराउँछन् ।’ उनले भने,‘सुर्खेतमा कोरोनासँगै डेङ्गी रोगका बिरामी पनि भेटिन थालेका छन् ।’
सुर्खेतमा भेटिएका डेङ्गी रोगका बिरामीमध्ये सबैभन्दा बढी बजार क्षेत्रका रहेको प्रमुख वाग्लेले जानकारी दिए । ‘सुर्खेतमा भेटिएका डेङ्गी रोगमा १०२ जना बिरामीमध्ये वीरेन्द्रनगरका ९० जना रहेका छन् ।’ उनले भने,‘त्यो पनि वीरेन्द्रनगरको बजार क्षेत्र रहेको वडा नं. ६ का मात्र ३४ जना छन् ।’
गत आर्थिक वर्षमा सुर्खेतमा १३३ जनामा डेङ्गी रोगका बिरामी भेटिएको तीमध्ये ९९ जना वीरेन्द्रनगर बजार क्षेत्रका रहेको प्रमुख वाग्लेले जानकारी दिए ।
अहिले कोरोना महामारीसँगै डेङ्गी रोगका बिरामी पनि बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतमा लामखुट्टे लगाएतका अन्य किटाणुबाट सर्ने रोगका लागि उर्वर भूमी रहेको वाग्लेले बताए । ‘प्रयोगशालाको परीक्षणबाट सुर्खेत किटजन्य रोगका लागि उर्वर भूमी हो ।’ उनले भने,‘कालाजार, औलो र डेङ्गी रोगका बिरामी धेरै रहेका छन् ।’
डेङ्गी रोग नियन्त्रणका लागि स्थानीय टोल विकास, समिति महिला स्वंयमसेविका, स्थानीय जनप्रतिनीधिसँग सहकार्य गरेर समुदायस्तरमा लामखुट्टेका लार्भा मार्ने अभियान थालिएको प्रमुख वाग्लेले जानकारी दिए ।