सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश सभा सदस्य ठम्मरबहादुर बिष्टले दशैं भत्ताको रकम फिर्ता गरेका छन् । कोरोना कोषमा जम्मा हुने गरि प्रदेशसभा बिष्टले दशैं भत्ता फिर्ता गरेका हुन् ।
देश कोरोनाले पुरै सल्किरहेको अवस्थामा बिरामी र आम जनताको स्वास्थ्य र संबिधानतःप्राप्त मौलिक अधीकारलाई ख्याल नैं नगरी ल्याइएको उक्त भत्ता रकम कोरोना संक्रमितको उपचारमा खर्च गर्ने गरी फिर्ता गरेको प्रदेशसभा सदस्य बिष्टले बताए । ‘समय परिवेशलाई ख्याल नैं नगरी जनतामा नकारात्मक प्रभाव पर्ने गरी ब्यबस्था गरिएको यस्तो रकमलाई संस्थागत रुपमा नै कोभिड–१९ खर्च कोषमा स्थानान्तर गर्न कर्णाली प्रदेशसभा सचिवालयको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने,‘सबै तहका सचिवालय र सरकारहरुमार्फत बितरण गरिएको जनतामा नकारात्मक सन्देश दिने यस्तो रकमलाई जनप्रतिनिधीहरुले ब्यक्तिगत रुपमा फिर्ता गर्ने कार्य सकारात्मक हुँदाहुँदै पनि बजेट बितरण गर्ने प्रणालीलाई तत्काल संस्थागत रुपमा नै माग गर्दछु ।’
यस्तो दशै भत्ता दिने प्रर्णाली खारेज गरि उक्त बजेटलाई एकमुष्ट कोरोना बिरामीको उपचारमा लगाउन बिशेष जोड दिन प्रदेशसभा बिष्टले आग्रह गरे ।