क्रान्ति शर्मा
“आत्महत्या “
चटपटे प्रेम र धोका…
यौवन अबस्थाको दुरुपयोग ,लाचारता, अन्यौलताले गर्दा आज हामिले आत्महत्याका सयौं समाचारहरु सुन्दै,हेर्दै,भोग्दै आएका छौँ ,यस्ता सयौं कथाहरु छन-जो हाम्रै उमेर अबस्थाका युवाहरुले भोगिरहेका छ्न ।
एउटा मान्छे जन्मनु,हुर्कनु,अगरमबगरम..बिबिध भोगाइ पछि अन्त्यमा मितिले मर्नु स्वभाबिक हो,तर आफैले आफ्नो ज्यान अकालमा फाल्नु जिबनकै/इस्वरिय अंशको नियमकै दुरुपयोग यानी कि भस्ट्राचार गर्नु हो । क्रान्ति शर्मा
जिबन सधै एकनास हुँदैन नत हामिले चाहेको जस्तै हुबहु हुन्छ .
हरेक मान्छेलाई कुनै न कुनै बेला “म मर्छु” भन्ने लागेको हुन्छ नै यो स्वभाविक नै हो ,तर मरिहाल्नु को लास्ट स्टेजमा पुग्नु दुर्भाग्य /दर्दनाक कुरा हो।कयौ मान्छेहरु यहि स्टेजमा पुगेर आफैलाई मारिदिन्छ्न ।
प्रेमसम्बन्ध, करियर ,परिवार ,समाज,डिप्रेसन,धनसम्पती,आदि ईत्यादी जे कारन पनि हुनसक्छन् ।
कुनैपनि कुरा बेहद हुनुनै त्यसको अन्तेस्टी हो।
!!
प्रेमसम्बन्धले निम्त्याएको दुर्घटना बारे केही लेख्दै छु यी मेरा ब्यक्तिगत बिचार हुन कसैको जिबनमा मेल खान गएमा संयोग मात्र हुनेछ । प्रतिक्रिया दिन सक्नुहुन्छ
??
यो प्रेम भन्ने अनुभूति स्वभावैले एक उमेरअबस्थामा हरेक को जिबनमा आउँछ ,
जसरी बच्चा बाट बुढेसकालसम्मको जिबनचक्र छ हो तेसैगरी
कहिले अट्राक्सन , कहिले सेक्सेउल ,कहिले टाईमपास ,कहिले जिम्मेवारी ..जे जुन रुपलाई पनि हामी प्रेम मान्छौ बिबाह सम्म पुग्नु लाई प्राप्ति मान्छौ।नमरुन्जेल सम्म हरेक मान्छेलाई प्रेम त चाहिन्छ नै।
प्रेमले मानिसलाई जिउन सिकाउछ,सफलता देखाउछ , भबिस्यप्रती आसा राख्न सिकाउछ , सम्बन्ध परिवार जोड्छ , खुसी सुख दिन्छ तर ,
यहि प्रेमले मान्छे धुवाँमा उड्ने बनाईदिन्छ,डिप्रेसन , आत्महत्या सम्म पुर्याउछ।
हर कुराको पोजेटिभ -नेगेटिभ पक्ष हुन्छन् हामी कुन साईड मा तानिन्छौ त्यसमा भर पर्छ ।
,,,
आजभोलि सुनिने न्युजहरु मध्य आधा जति प्रेमसम्बन्धले निम्त्यायका सुसाइड केश देखिन्छ्न ।
के प्रेमले मर्न मार्न सिकाउदैछ त?
प्रेममा धोका मात्रै हुन्छ त ?
दोषी को?
स्वार्थ बिनाको प्रेम हुदैन र ?
परिवार समाज भन्दा माथी के?
यी इत्यादि अनिगन्ती प्रश्नहरुको खात बनेको छ मनमस्तिष्कमा !
हुनत पहिले पनि यस्ता घटनाहरु नघटेका होइनन तर यति धेरै प्रचार थियन र यति क्रूर मनसाय पनि कम थियो ।
किनकि सन्चारमाध्यम को उपलब्धता थियन ।केटा र केटि बिच अनैतिक सम्बन्धहरु यति विधि थियन ,
चिट्ठी बाट परेको , भेटेर परेको लभ न हो ।
समाज यति खुल्ला पनि थियन,
मान्छेहरुको आबादी यति धेरै थियन!
सायद।
अहिले
केटा र केटि बिच भेट्न कुनै मुस्किल छैन ,
फेसबुक ,म्यासेन्जर , ह्वाट्सप, इमो, टुईटर, इस्टाग्राम, भाईबर इत्यादि फोनसम्पर्क , स्कुल कलेज, अफिस , बाटोघाटो , बजार …जहाँ जतिबेला जसरी जुनसुकै अबस्थामा पनि भेटघाट हुन सक्छ ।हामी स्वतन्त्र छौ ।बहुत स्वतन्त्र .
तिम्रोलागी जे नि गर्छु भन्नेको कुनै कमि छैन ।
लभ पर्न फेसन हो , जो बिना मान्छेको हैसियत नै हुदैन ।
यौटा जिल्लाको केटा र अर्को जिल्ला को केटि, एउटा प्रदेश को अर्को प्रदेश , यति सम्म कि एउटा देशबाट अर्को देश का सम्म सजिनै प्रेमको ब्यापार गर्न सकिन्छ बिना ट्याक्स …
कति सजिलो छ है ,
फसबुकमा रातभर च्याट गरेर लभ पर्छ ,
बजारमा दिनभर घुमेर लभ पर्छ,
अफिसमा भेटियर लभ पर्छ,
बाटोमा भेटियर लभ पर्छ ,
क्लासमा भेटियर लभ पर्छ,
के के गरेर पर्छ पर्छ कुनै टुंगो नै छैन ।
हाई हेल्लो
कति राम्री
मैले सोचेजस्तै
चिया भन्दा नि मीठो मुस्कान
परि जस्तै
सधै देख्न पाय ,
बोल्न पाय
जे गरे नि राम्रै लाग्छ ……
मस्का लाउदा लाउदै लभ पर्छ
एउटि सङ होइन धेरै सङ पर्छ एउटै फर्मुला जति ठाउमा नि फिट भैदिन्छ लभ फिट भैदिन्छ ।
चटपटेको जमाना न हो !
केटि मान्छेलाई पट्याउन केही गर्नु पर्दैन प्रसंशा गर्दे पुग्छ कोहि थोरै मा पट्टिहाल्छ्न कोहिलाई अलि मेहनत गर्नुपर्छ बस् ,
कोहि केटाहरु र कोहि केटि हरु वाईफाई जस्ता हुन्छन जति ह्याङ भयनि धेरै ठाउँ कनेक्ट हुने ,
वाईफाई जस्तो लभ नै प्रचलित छ अचेल प्रेमको बजारमा
केटि केटा का लिस्ट
-hello
फ्रवाड 5 अदर
जस जस्ले रिप्लाई दिन्छ उतै कनेक्ट हुने ।
केटा भन्दा केटिहरुको हकमा कडा बनिदिन्छ समाज।
केटा को ईज्जतमा औला समाज ले नि उठाउदैन जति केटि मान्छेको मा उठ्छ ।
यसकारन पनि हुनसक्छ छुट धेरै भको ।।
समाजको हर घरमा लभको नाउमा इमोसन को हत्या प्रतेक रात-दिन भयको हुन्छ ।
लभ पार्नुका नाममा हुने हिंसा को नत कुनै सजाय छ नत सिमा नै।
हामी आफैले निम्त्याउने रोग हो यो जस्को उपचार नै हुदैन नियन्त्रण को विकल्प मात्रै हुन्छ।तेहि पनि बेहद भयन भने !
चाहे केटा होस चाहे केटि दुबैलाई कुनै बेला लभ नाममा आफ्नो आहुती दिन सक्ने बनाउने फरेब नै हो.
इमोसन को बलात्कार सहन सकिन्छ हदसम्म ,जब
इज्जत को बलात्कार हुन्छ तब मर्नु बाहेक अरु बिकल्प केहि हुन्न ?
यो प्रेम होइन ,
लभ हो
जो देखासिकी मा सुरु हुन्छ र नराम्ररी रुवायर सकिन्छ।
सिरियस एकतर्फी भो भने ?
फरेब भो भने?
बुझाई गलत भो भने ?
सेक्सुल सम्बन्ध ले सिमा नाघ्यो भने ?
डिप्रेसनको सिकार भयो भने ?
केटि केटा जो पनि आत्महत्या को उदाहरण बन्नसक्छ।
,,
हामिलाई सजिलो हुन्छ सुसाईड को पोस्टमाथि कमेन्ट गर्न :
कस्तो लाचार रैछ ?
मर्नु सबै समस्याको समाधान होइन ?
परिवारको त ख्याल गर्नुपर्छ?
यस्ताले किन लभ पार्नु?
जन्मियको के अर्थ भो?
हे भगवान के देख्नुपर्छ ?
हुनत यी सब कमेन्ट हरु जायज हुन ।
एउटा नर्मल मान्छेले सोच्ने नै यहि हो , हामी घरमा बसेर सोचसमझेर भन्छौ जे भन्छौ ।यो साचो हो ।
तर ,
जब मान्छे गल्तिको दलदलमा फस्छ तब मरन बाहेक केही सोच्दैन ,
मैले लभ नगरेको भय?
उस्ले मलाई धोका कसरी दिन सक्छ?
म किन फसे ?
मैले परिवारलाई धोका दिय ?
मैले आफैलाई धोका दिय ?
मैले केही गर्न सकिन?
समाजमा बस्न लायक भइन म?
अब मर्न बाहेक केही बिकल्प छैन , म मरे भने सब सकिन्छ बस्
यहि मनसाय ले सकिन्छ मान्छे ।
जब मान्छे गलत तिर फस्छ तब एक पछि अर्को गर्दै हजार गल्ती थपिन्छन अनि बेहद हुन्छ मनमस्तिष्क ले सहन सक्दैन जब मनमस्तिष्क ले छोड्यो भने शरीरको के काम ?
गलत प्रेम होइन हामि हौँ जस्ले गलत प्रयोग गर्छौ ।
धोका धुवाँ जस्तो हुन्छ सारा सन्सार अन्धकार देखाईदिन्छ ।
अन्धकारमा को जिउन चाहान्छ नत तपाईं नत म न हामी कोहि?
यकपटक सोचौ त ,
कहि कतै हामी पनि गल्ती त गरिरहेका छैनौ ?
शारीरिक दुखले मात्रै मान्छे मर्दैन , मानसिक दुखले झन छिटो मर्छ मान्छे !
ठुलाठुला धनी , सम्पन्न ,इज्जतदार मान्छे नि सुसाईड एटेन्म गर्छन किन ??
मान्छे के चाहान्छ ??
मर्नलाई ठूलो कारन नै नचाहिदो रैछ नि क्षणिक प्रेसर मै मरिदिन्छ।
,,,
नपत्याउदो तरिकाले मर्छ मान्छे
रहरले मर्छ या करले मर्छ मान्छे
क्रमशः
??
-प्रेम त गर्नुस तर यस्तो गर्नुस कि जस्ले तपाईलाई खुसी दिनसकोस र सम्बन्ध ,आत्मियता , परिवार, समाज , मानसम्मान ,ईज्जत् होस् ।
धन्यवाद ।।