सुर्खेत । कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहकोको गाडी शनिबार दिन घाँस बोकेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । सभापति सिंह चढ्ने गाडी कर्णाली प्रदेश ०२–००१ झ ००४० नम्बरको उक्त गाडीले वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबारका दिन सरकारी गाडी घाँस बोकेर चलाएको देखेपछि टूाफिक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सभापति सिंहले गाडी आफ्नो छोरालाई नेपालगंज विमानस्थल पु¥याउन गएको र आफु सुर्खेतस्थित पश्चिम बराहतालको बड्डीचौर भएको सभापति सिंहले बताए । ‘गाडी छोरालाई पु¥याउन शनिबार विहान गएको थियो म योजना आयोगको गाडीमा बड्डीचौर आएको छु ।’ उनले भने, ‘बाटोमा फर्किदा डूाइभरले घाँस ल्याएको बोकेर ल्याएको
हुनसक्छ ।’
प्रदेशसभा संसदीय समितिको सभापतिको हैसियतमा सिंहलाई यातायात सुविधाका लागि गाडी प्रदान गरिएको हो ।