सुर्खेत / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।
भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए । प्रधानमन्त्री ओलीले आज बिहानै मन्त्रिहरूलाइ खबर गरेर मन्त्रिपरषदको बैठक बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव ल्याएको र सोही अनुसार संसद बिघटनको सिफारिस भएको उर्जामन्त्री पुनले जानकारी दिए ।