सुर्खेत । अचानक सरकारले संसद् विघटनको सिफारिस गरेपछि सेनाको मुख्यालयमा बैठक बसिरहेको छ । मुख्यालयमा उपलब्ध मुख्य सैनिक अधिकृत (पीएसओ)को बैठक अहिले बसिरहेको उच्च सैनिक स्रोतले बतायो ।
सरकारको कदमले संवैधानिक संकट निम्तिएकाले सुरक्षा विश्लेषण गर्न सेनाले आकस्मिक बैठक डाकेको हो । यद्यपि सैनिक जनसम्पर्क महानिर्देशनालयले भने यसलाई नियमित बैठक भएको दाबी गरेको छ ।