सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेको बिषयमा कर्णाली प्रदेशमा नेकपा नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले प्रधानमन्त्रीको ओलीको कदमलाई संकेत गर्दै सामाजिक संजालमा फेसबुकमा ‘कु बाटो’ भनेर लेखेका छन् । नेकपा सुर्खेत जिल्लाका इन्चार्ज नरबहादुर बिष्टले प्रतिनिधि सभा बिघटनको सिफारिस गरिनु प्रधाममन्त्री ओलीको नालायिक भएको बताए । ‘प्रधामन्त्रीको कदम संविधान राष्ट्र र जनताप्रतिको अपमान हो ।’ उनले भने,‘यो कदम तत्काल फिर्ता लिनु नै नेकपाका लागि उचित हो ।’
त्यस्तै, नेकपा कालिकोटका सचिव नगेन्द्र शाही(नेशनल)ले जे गरे पनि नहुने अवस्था आएपछि प्रधानमन्त्री ओलीले बाध्यकारी कदम चालेको प्रतिक्रिया दिए । ‘यसो गरे हुदँैन्, उसो गरेपनि हुदँैन्, सधैं भएन भन्ने लत लागेका अर्थलङकारको रोइलो सधैं झै आजपनि हुन्छ ।’ उनले भने,‘यो नयाँ बिषय होइन ।’