उनीहरूले आइतबार प्रचण्डले बोलाएको स्थायी समितिको बैठकमा समेत नगएर केपी ओलीलाई साथ दिएको स्पष्ट संकेत दिएका हुन् ।
प्रचण्डको साथ छाड्ने पूर्व माओवादीतर्फका स्थायी समिति सदस्यहरूमा रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझि र हरिबोल गजुरेल छन् ।
प्रचण्डको साथ छोड्ने पाँचै जना स्थायी समिति सदस्यहरू कुनै समय प्रचण्डका विश्वास पात्र हुन् ।
बाबुराम भट्टराईको विश्वास पात्रका रुपमा चिनिएका टोपबहादुर रायमाझि उनको साथ छाडेर पछिल्लो समय प्रचण्ड निकट भएर सक्रिय रहँदै आएका थिए । तर नेकपाभित्रको अन्तरसंघर्षमा मध्यमार्गी भूमिकामा देखिएका उनीहरू पार्टी विभाजन औपचारिक घोषणा हुन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली निकट देखिएका हुन् ।
नेता थापाले प्रचण्ड समूहले हिजो बोलाएको स्थायी समिति भनिएको बैठक गुटको भएकाले नगएको बताए ।
उनले अघि भने, ‘हामी सल्लाह गर्दैछौँ, अब निर्वाचनमा जानुपर्छ भन्ने कुरामा कुनै असहमति छैन ।’