सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा विश्वमित्र संज्याललाई नियुक्त गरेको छ । कर्णाली प्रदेशको मन्त्री परिषद्को सोमबार बसेको बैठकले प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा संज्याललाई नियुक्त गरेको हो ।
मन्त्री परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको एकल निर्णयमा संज्याललाई खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरिएको हो ।
सामाजिक विकास मन्त्रालयले गठन गरेको खेलकुद परिषद् गठन आयोगले सदस्य सचिवकका लागि ऋषि गिरी, घनश्याम पाण्डे र रबिन्द्र चन्द ठकुरी सिफारिस गरेको थियो ।