मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

मापदण्ड विपरीतका १८ डेरी उद्योगको खुला बिक्री–वितरणमा रोक

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
पुस ९, २०७७
0
52
SHARES
287
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योगले मापदण्ड पूरा नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त अनुगमनबाट १८ वटा डेरी उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको हो ।
वीरेन्द्रनगरको बजार क्षेत्रमा सञ्चालित २६ भन्दा बढी डेरी उद्योगमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भेषबहादुर थापाले मापदण्ड पूरा नगर्ने उद्योगलाई खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको बताए । ‘डेरी उद्योगले खुलारूपमा दूध बिक्री वितरण गर्न पाउँदैनन्, अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दूध बिक्री गर्ने गरेको पाइएको छ’, उनले भने, ‘पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि ती उद्योगले खुला दुग्धजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको हो ।’ यसअघि डेरी व्यवसायीले मंसिर २५ गतेसम्म दुग्धजन्य पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले निर्देशिकाबमोजिम किसानदेखि डेरी व्यवसायीले पालना गर्नुपर्ने मापदण्डबारे सरोकारवालालाई तालिम अभिमुखीकरण दिँदै आएको छ । अनुगमनका क्रममा पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कार्यालय मापदण्ड पूरा नगर्ने उद्योगबाट खुला बिक्री वितरणमा रोक लगाउने निर्णयमा पुगेको हो ।
यसैबीच दर्ताबिनै सञ्चालनमा आएको एक बेकरी उद्योग पनि सिल गरिएको छ । कार्यालय प्रमुख थापाले वीरेन्द्रनगर–३ मा सञ्चालित पूजा बेकरी उद्योगले पटक–पटकको निर्देशका अवज्ञा गरेपछि सिल गर्नुपरेको जानकारी दिए ।

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist