सुर्खेत । संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विराध सभा गर्दै छ ।
सरकारले असंवैधानिक रुपमा संसद विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाको पुष्कमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले विरोध कार्यक्रम गर्न लागेको हो ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट जुलुस सुरु भएको छ ।
विभिन्न स्थानबाट आउने जुलुस भृकुटीमण्डपमा पुग्ने र त्यहाँ विभिन्न शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।
काठमाडौंको विरोध सभालाई वृहद् बनाउने नेताहरुले जनाएका छन् ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्न सदर गरेसँगै संघीय प्रतिनिधि सभा विघटन भइसकेको छ । यसका विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्धा विचाराधिन अवस्थामा चलिरहेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहले यो कदम असंवैधानिक भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।