सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरिएको संसद व्युताए भने पार्टीमा उचित स्थान दिने बताएका छन् । प्रचण्ड–नेपाल समूहले कालिकोटमा आयोजना गरेको बिरोध प्रर्दशनमा मुख्यमन्त्री शाहीले संसद व्युताउनु नै अहिले ओलीका लागि उचित भएको बताएका हुन् ।
जनताको जनमतको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले सडक ल्याएर छाड्ने त्यो बाट जोगिन अहिले संसद व्युताउनु नै उचित भएको मुख्यमन्त्री शाहीले बताए । ‘असंबैधानिक कदम प्रति नेकपा मात्र होईन । देशका सवै पाटीहरु एक ठाउँमा उभिसकेको छन् ।’ उनले भने,‘निरकुंश केपीको शासनका विरुद्व सडकबाट लड्न जरुरी छ ।’
प्रधानमन्त्री ओली कम्युनिष्ट भनेर पार्टी एकता गरिएको भएपनि कम्युनिष्ट पहिले पनि नभएको अहिले पनि नभएकै मुख्यमन्त्री शाहीले बताए । ‘ओलीले बहुमतको सरकारको अपमान गरे ।’ उनले भने,‘संसद ब्यूतिन पर्छ, यदि ब्यूतिएन भने तोकिएको मध्यावधि चुनावमा माधव र प्रचण्ड समुहले बहुमत ल्याएरै छाड्छ ।’