भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङ मा दुर्इ स्वर्ण पदक जित्न सफल सुर्खेतकी चेली श्रुति कार्कीलार्इ सुर्खेत उधोग वाणिज्य संघले नगत सहित सम्मान गरेको छ।
संघले आज एक कार्यक्रमको आयोजना गरेर कार्कीलार्इ नगत दशहजार सहित सम्मान गरेको हो।
खेलुकुदको माध्यबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएको भन्दै सम्मान गरिएको उधोग बाणिज्य संघले जनाएको छ।
कार्यक्रममा उधोग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले खेलका माध्यमबाट कर्णालीको नाम उच्च राख्नेकार्य गरेकाले खेलाडी कार्कीलाई सम्मान गरेको बताउनुभयो।
उहाँले आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको भन्दै यसकालागी निजिक्षेत्रबाट सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषका उपाध्यक्ष प्रमोद हमालले खेलक्षेत्रलार्इ व्यवसायीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।
उहाँले निजिक्षेत्रले पनि खेलाडीलाई ब्यवसायिक बनाउनतर्फ लागे यसले सिगों व्यवसायी क्षेत्रमा पनि फार्इदा हुने जिकिर गर्नुभयो।
निजिक्षेत्रले खेलमा लगानी गरे विभिन्न क्षेत्रबाट कर्णालीमा धेरै खेलाडी आउने र यहाँको व्यापार,व्यवसायको प्रबर्धन हुने बताउनुभयो।
कार्यक्रममा सहभागीहरुले खेलक्षेत्रमा लागेर खेलाडीहरु बाच्न सक्ने अवस्था सिर्जना गर्न सरकारसंग आग्रह गरेका छन।
कार्यक्रममा खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख प्रदिप रार्इ, जिल्ला तेक्वान्दो संघ कर्णालीका माहासचिव भुवन थापा, लगायत उधोग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागीता रहेको थियो।