सुर्खेत । जिल्ला प्रहरी कार्यालय कालिकोटले बिष्फोटक पदार्थसहित पक्राउ परेका दुई जनालाई पक्राउ गरेको छ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट जिल्ला भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुनलाई प्रहरीले बिष्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले पक्राउ परेका दुबै जनालाई सोमबार बिहान सार्वजनिक गरेको छ ।
पक्राउ परेका दुबै जना सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका कार्यक्रता भएको र उनीहरुबाट अर्धनिर्मित बुन्दक १ थान, प्रेसरकुकुर १ थान, जेवाले १ थान, डिटोनेटर, २४ थान, पटके ५ पाकेट, सकेट ९ थान, गन्धक १ केजि, सोडा आधा केजी, लगाएतका बिष्फोटक सामग्री सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई बिष्फोटक पदार्थ ऐन सम्बन्धि कारवाही हुने जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।