सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोराना संक्रमण पृष्टि भएको छ । पुस २६ गते प्रदेश अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।
कोराना संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको सामाजिक विकासमन्त्री रावलका स्वकीय सचिव नन्दबहादुर रोकायाले जानकारी दिए । ‘चिकित्सकको सल्लाह अनुसार मन्त्री रावललाई उपचारका लागि सोमबार नै काठमाडौं पठाईएको छ ।’ उनले भने,‘थप उपचार काठमाडौंको कुन अस्पताल गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ ।’
एक जना कोरोना संक्रमित पुरुषको हेलिकप्टरबाट उद्दार
कोराना संक्रमण देखिएका एक जना पुरूषको हेलिकप्टरबाट उद्दार गरिएको छ । कोरोना संक्रमण देखिएका २५ वर्षीय पुरुषको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
सिटिजन बैंकमा कार्यरत रहेका उनको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टरले काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिए ।