मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

एकिन तथ्याङ्कले कार्यक्रम प्रभावकारी हुने अपेक्षा

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
माघ ४, २०७७
0
49
SHARES
272
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । कर्णाली प्रदेशका कृषकहरुको एकिन तथ्याङ्क संकलनका लागि सूचीकरण गर्न लागिएको छ । कृषि विकास कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभावग्राही बनाउन तीन तहकै सरकारले कृषकहरुको सूचीकरण गर्न लागेका हुन् ।

केन्द्र, प्रदेश र स्थानीय सरकारबाट संचालन हुने कार्यक्रममा दोहोरोपना नहुने गरी प्रयोग गर्ने सोचले कृषकहरुको सूचीकरण गर्न लागिएको छ । भविष्यमा खाद्य सम्प्रभुता ऐनमा भएको ब्यवस्था अनुसार किसान वर्गिकरण गरी किसान कल्याणको काममा आधार रेखा तयार गर्न लागेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सूचीकरणमा मुख्यगरी किसान दर्ता, पारिवारिक, खेतीवारी, जमिन र कृषि र पशुपालन संरचना सम्बन्धी विवरण समावेश गरिनेछ ।

यस्तै, कृषि व्यवसाय र फर्म सम्बन्धी विवरण, अनलाइन प्रमाणिकरणको लागी आवश्यक कागजात, बाली उत्पादन तथा कृषि मेसिनरी प्रयोग सम्बन्धी विवरणको तथ्याङ्क समावेश गरिने छ । कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्रत्येक पालिकामा चार लाख बजेट पठाइ सकेको छ ।

कतिपय प्रदेशले किसान सूचीकरण र किसान परिचयपत्र वितरण गर्ने प्रस्ताव गरेकाले एकद्वार नीतिबाट कार्यक्रम अघि बढाउन केन्द्र सरकारले अगुवाई गरेको हो । कृषक सूचीकरण पश्चात् कृषकको मनोवल उच्च बनाउँदै कृषि विकासमा उत्प्रेरित गर्ने र राष्ट्रिय तथ्यांक प्रणालीलाइ मजवुत हुने विश्वास मन्त्रालयको छ ।

कृषकहरुको एकिन तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालनमा कठिनाइ भएकाले सूचिकरण पश्चात सहजता हुने कर्णालीका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन ।

वर्गीकरणको आधारमा किसानलाई राज्यबाट प्राप्त हुने सहुलियत, छुट, सुविधा तथा प्रचलितत कानून बमोजिम योगदानमा आधारित निवृत्तिभरण उपलव्ध गराइने लक्ष्य केन्द्र सरकारको छ ।
कसरी गरिँदै छ कृषकहरुको सूचीकरण ?
केन्द्रमा एक सूचना प्रबिधि बिज्ञ सहितको इकाइ गठन गरिएको छ । केन्द्रिय इकाइले सफ्टवेयर निर्माण र यसको सुरक्षा तथा प्रदेश तथा स्थानीय तहलाइ प्राविधिक पृष्ठपोषणको काम गर्नेछन् । संघ प्रदेश र स्थानीय सबै तहका हरेक निकायमा एक एक जना सम्पर्क व्यक्ति तोकिने छ ।

केन्द्रमा मुख्य प्रशिक्षक टोली तयार गरिसकेकाले हाल उक्त टोलीले सफ्टवेयर संचालनको लागि प्रदेशस्तरमा प्रशिक्षणको काम गरिरहेको छ । कर्णालीका दश वटै जिल्लाका कृषि विकास, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुखहरुलाई प्रशिक्षण दिएका छन् ।

जिल्ला स्तरका प्रशिक्षकहरुले स्थानीय तहका सम्पर्क अधिकृतहरुको तालीम गर्ने र पालिका स्तरका सम्पर्क अधिकृतहरुले सहजकर्ताहरुलाइ तालीम दिएर किसान सूचीकरणको प्रक्रिया थालिने छ ।                                                        nepaliraibar.com

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist