सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीले कार्यालयको छापको दुरुपयोग गरी प्रेस विज्ञप्ती प्रकाशन गरेका छन् । उनिहरुले कार्यालयको लेटर हेडबिना नै हस्ताक्षर गरी छापमात्रै हानेर विज्ञप्ती प्रकाशन गरेका हुन् ।
कार्यालयको लेटर हेड बिनानै खाली ठाउँमा छाप प्रयोग गरिनु अनाधिकृत भएको अधिवक्ता दुर्गा सापकोटाले बताए ।
‘नीजि कार्यालयको हकमा लेटर हेड बिना नै छाप प्रयोग गर्ने गरेको पाइएपनि सरकारी कार्यालयमा यसो गर्न पाइदैन’ अधिवक्ता सापकोटाले भने, ‘लेटर हेड बिना खाली ठाउँमा कार्यालयको छाप प्रयोग गरिनु अनाधिकृत हो, छापको दुरुपयोग हो ।’
सौगात रावतको जग्गा मालपोत कार्यालयद्वारा किर्ते गरि अर्काको नाममा नामसारि गरिदिएपछि अनुसन्धानका लागि प्रहरीले नासु सावतलाई नियन्त्रणमा लिई आवश्यक छानबिन भैरहेको अवस्थामा धम्कीपूर्ण तरिकाले सरकारी छापको दुरुपयोग गरि हस्ताक्षर गर्ने कर्मचारीको नाम, पद समेत लुकाई अनसुन्धानलाई प्रभावित पार्नेगरि प्रेस विज्ञप्ती निकालेको जनाइएको छ ।