जुम्ला । लोडसेडिङको तालिका सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वित्तरण केन्द्रले एक सूचना प्रकाशित गरेर लोडसेडिङको तालिका सार्वजनिक गरेको हो । अब हरेक दिन विहान २ देखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द हुनेछ ।
लोडसेडिङको समुह क मा टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल रहेको छ । समुह ख अन्र्तगत बिजयनगर ठूलो, विजयनगर सानो, बोहरा गाउँ, बसपार्क रहेको छ । हरेक साता समुह परिवर्तन हुने जुम्ला वित्तरण केन्द्रले जनाएको छ । जुम्लाले साना जलिविद्युत आयोजनाको विद्युत प्रयोग गर्दै आएको छ ।