सुर्खेत । सल्यान जिल्ला अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शारदा नगरपालिका–३ का ९० वर्षीया वृद्धको जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो ।
सामान्य बिरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । ‘गत पुस २७ गते मृतक अस्पतालमा भर्ना भएका थिए ।’ उनले भने,‘सामान्य बिरामी भएर अस्पताल भर्ना भएका ती बृद्धमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’
यसअघि पनि सल्यान श्रीनगरका एक जनाको कोरोनाबाटै मृत्यु भएको थियो ।