मङ्लबार, माघ २४, २०७९
काँक्रेबिहार दैनिक
युनिकोड
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका
No Result
View All Result
काँक्रेबिहार दैनिक
No Result
View All Result

चार लाख ३० हजार फ्रन्टलाइनरको सूची तयार, पहिलो प्राथमिकतामा दुई लाख २५ हजार स्वास्थ्यकर्मी

कोभिडविरुद्धको खोप आजदेखि क्षेत्रीय स्टोरमा ढुवानी हुँदै

काँक्रेबिहार दैनिक by काँक्रेबिहार दैनिक
माघ ११, २०७७
0
49
SHARES
270
VIEWS
Share on FacebookShare on Twitter
चार लाख ३० हजार फ्रन्टलाइनरको सूची तयार, पहिलो प्राथमिकतामा दुई लाख २५ हजार स्वास्थ्यकर्मी

सुर्खेत । भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप सरकारले आइतबारदेखि क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्दै छ । त्यहाँबाट जिल्लाहरूमा वितरण हुनेछ । खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ । बाँकी सरसफाइकर्मी, एम्बुलेन्सचालक, शववाहनचालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी छन् ।

केही दिनभित्रै ७७ वटै जिल्लामा एकसाथ खोप अभियान सुरु गरिने मन्त्रालयले जनाएको छ । खोप लगाउन कसैलाई बाध्य भने पारिनेछैन । महाअभियान भएकाले कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्नेछन् ।

स्रोतका अनुसार स्वास्थ्य सेवा विभागले खोप शनिबार नै क्षेत्रीय मेडिकल स्टोरमा ढुवानी गर्न तीनवटा गाडी तयार गरिसकेको थियो । तर, मन्त्रालयले स्वीकृति दिइनसकेका कारण जान पाएनन् । ‘नयाँ खोपका प्रयोग गर्न विभागलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिनुपर्छ । त्यसको पत्र आइनसकेका कारण शनिबार गाडी जान पाएनन् । आइतबार स्वीकृति आउनेबित्तिकै जान्छन्,’ विभाग स्रोतले भन्यो ।

अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ । महामारी नियन्त्रणमा फ्रन्टलाइनमा खटिएकाको संख्याका आधारमा ती खोप विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोपविज्ञ डा. श्यामराज उप्रेतीकाका अनुसार एक व्यक्तिले दुई डोज खोप लगाउनुपर्छ । पहिलो खोप लिएको २८ दिनपछि मात्रै दोस्रो डोज लगाइनेछ । ‘कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास हुन्छ । चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्छ,’ उप्रतीले भने ।

स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्यकर्मीको र स्थानीय तहहरूले पठाएको फ्रन्टलाइनरहरूको छुट्टाछुट्टै सूची स्वास्थ्य सेवा विभागसँग छ । स्वास्थ्यकर्मीहरूको संख्यामा स्थानीय तहहरूले पठाएको संख्याअनुसार थप गरेर खोप पठाइने विभागले जनाएको छ ।

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, १० लाख खोप मात्रै आएकाले अहिले करिब चार लाख नागरिकलाई लगाइनेछ । स्वास्थ्य मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार १० देखि १५ प्रतिशत खोप काम लाग्दैनन् । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ४० लाख खोप तत्काल आवश्यक भएकाले पहिलो चरणको अभियान नसकिँदै खोप खरिद गर्ने बताए ।

स्वास्थ्यकर्मीलाई कहाँ कति खोप ?

विराटनगरस्थित मेडिकल स्टोरमार्फत १६ जिल्लाका ४३ हजार दुई सय ६० स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको योजना छ । यसका लागि ९६ हजार ३७ डोज चाहिने अनुमान गरिएको छ । त्यस्तै, हेटौँडाको मेडिकल स्टोरमार्फत खोप लिने नौ जिल्लामा ३४ हजार दुई सय १२ स्वास्थ्यकर्मी छन् । उनीहरूका लागि ७५ हजार नौ सय ५१ डोज चाहिने अनुमान छ ।

केन्द्रीय खोप भण्डारण स्टोर काठमाडौंमार्फत १० जिल्लाका ६३ हजार तीन सय ६० स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । यसका लागि एक लाख ४० हजार ६ सय ५९ डोज खोप आवश्यक पर्ने स्वास्थ्य सेवा विभागको अनुमान छ । पोखरास्थित मेडिकल स्टोरमार्फत खोप लिने ११ जिल्लाका १७ हजार ६ सय ३० स्वास्थ्यकर्मी छन् । उनीहरूका लागि ३९ हजार एक सय ३९ डोज खोप चाहिने छ ।

बुटवलस्थित मेडिकल स्टोरबाट १२ जिल्लाका ३९ हजार चार सय ९५ स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । उनीहरूका लागि ८७ हजार ६ सय ७९ डोज चाहिने अनुमान गरिएको छ । त्यस्तै, नेपालगन्जस्थित मेडिकल स्टोरमार्फत १० जिल्लाका ११ हजार पाँच सय ३२ र धनगढीस्थित स्टोरबाट नौ जिल्लाका १६ हजार दुई सय ९३ स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको योजना छ । नेपालगन्जका लागि २५ हजार ६ सय एक र धनगढीका लागि ३५ हजार एक सय ७० डोज खोज आवश्यक पर्ने विभागको अनुमान छ ।

Tags: #काेराेना #खाेप

Related Posts

लोकतान्त्रिक खेलकुद संघमा शाही
समाचार

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका
विशेष

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी
समाचार

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

प्रदेश

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो फेसबुक पृष्ठ

भर्खर

लोकतान्त्रिक खेलकुद संघमा शाही

लोकतान्त्रिक खेलकुद संघमा शाही

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

काँक्रेविहारको सिमा नापजाँचमाथी आशंका

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

शर्मा बने सर्वोत्कृष्ट प्रहरी

लयर्स एसोसिएसन सुर्खेतको अध्यक्षमा सापकोटा चयन

सरकारले ल्यायो दल विभाजन अध्यादेश, केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथि एमालेको कारबाही सदर


सम्पर्क



सूचना विभाग दर्ता नंः ००००/००००-०००० बिरेन्द्रनगर-६, सुर्खेत, कर्णाली info@kankrebihardainik.com / kankrebihardaily@gmail.com 083-522173 | 9858050505
सम्पादक
सुशील राज शर्मा
बिज्ञापन/लेखाचन्द्रा रेग्मी


सोसल मिडिया


Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram


मेनु


मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
कर्णाली COVID-19 राजनीति साहित्य


विज्ञापनका लागि
083-522173, 9848051505

© 2020 Kankre Bihar Daily | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • मनोरन्जन
  • जीवन शैली
  • सूचना प्रबिधि
  • साहित्य
  • विचार
  • अन्य
    • पत्रपत्रिका
    • विशेष
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • ई-पत्रिका

© 2020 Kankre Bihar Daily | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist