सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ को रामजानकी सामुदायिक उपभोक्ता समूहको भएको समितिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा ओली समूह, राष्ट्रिय प्रजातन्त्र पार्टी र मजदुर किसान पार्टीको संयुक्त प्यानल विजयी भएको छ । नेकपा प्रचण्ड–नेपालको प्यानल हराउँदै संयुक्त प्यानल भएको हो ।
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षका उम्मेदवार नम्रता कार्की उम्मेदवारलाई हराउँदै अध्यक्षमा जगत भण्डारी ६४३ मत ल्याएर विजयी भएका हुन् । कार्कीले ३३८ मत पाएकी थिएन् ।
सामुदायिक वन उपभोक्ता समितिको निर्वाचनमा १५७५ मतदातामध्ये १११६ ले मत खसालेका थिए ।
१३ सदस्यीय पदाधिकारी भएको निर्वाचनमा संयुतm प्यानल सबै उम्मेदवार विजयी भएको निर्वाचन समितिका संयोजक कर्णबहादुर सिजालीले बताए ।
उपाध्यक्षमा प्रचण्ड–नेपाल प्यानलका यज्ञप्रसाद न्यौपानेलाई हराउँदै संयुक्त प्यानल राजेन्द्रबहादुर शाही विजयी भएका छन् ।
सचिवमा संयुक्त प्यानलकै मन्जु कुवँर योगी लामा, कोषाध्यक्षमा रामबहादुर गुरुङ्ग, सहसचिवमा रनबहादखुर राना, सदस्यमा क्रमस नबहादुर रोकाया, नरबहादुर सिजाली, शान्ता खड्का, धनबहादुर गुरुङ्ग, गिता बैगार, राजकुमार राना, मनरुपा सार्की र ईन्द्रा शर्मा विजयी भएका छन् ।