सुर्खेत । कर्णालीमा प्रचण्ड–नेपाल समूहले गरेको बन्दको पूर्ण रुपमा प्रभाव परेको छ । बन्दका कारण कर्णालीको राजधानी सुर्खेतलगायत १० वटै जिल्लाका बजार क्षेत्र बन्द रहेका छन् ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । यातायातका साधन नचल्दा लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरुले सास्ती व्यहोर्नु परेको छ ।
बन्दकर्ताहरु बजारमा छिटफुट रुपमा देखिए पनि बाक्लो मात्रामा सुरक्षा फौजहरु चोक चोक तैनाथ भएका छन् ।






























