सुर्खेत । सुर्खेतका कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपरचाररत वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतका ६१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग समेत रहेको ती महिलाको माघ १५ गते कोरोनाका संक्रमणको पुष्टि भएको र माघ १८ गते प्रदेश अस्पतालको कोरोनो बिषेश अस्पतालमा राखेर आइसियुमा भर्ना गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
स्वास्थ्यमा सुधार नआएर आइतबार बिहान ४ः३० बजे मृत्यु भएको र अहिले जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतको समन्वयमा नेपाली सेनाको नयाँ सबुज गण कपासेबाट शव व्यवस्थापन भइरहेको स्वास्थ्य सेजा महाशाखाले जनाएको छ ।
कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।