सुर्खेत । दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान महावुलेक हिउँले सिताम्मे भएको छ । हिउँले सेताम्मे भएको महावु लेकमा आजभोली दैलेख तथा सुर्खेत जिल्लामा नागरिकहरु हिउँ हेर्नका लागि घुइचो नै लाग्ने गरेका छन् ।
कालिकोट र दैलेख जिल्लाको सिमाना पर्ने महावु लेकमा धार्मिक हिसावले उत्तिकै महत्व रहेको छ ।
परापूर्व कालमा महादेव र पार्वतीको कैलाश भनिने महावु लेकमा प्रत्येक वर्ष जनै पूर्णीमाको दिनमा भव्य मेला लाग्दछ ।