विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा थापाको मंगलबार ४ बजेर २५ मिनेटमा ४४ वर्षको उमेरमा निधन भएको हो । विवेकशील साझा पार्टीका पूर्वसंयोजक समेत रहेका थापाको निधन भएको पुष्टि विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पुष्टि गरेका छन् । कोरोना संक्रमण पुष्टि भएपछि थापालाई सुरुमा ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । तर, स्वास्थ्य अवस्था जटिल भएपछि इक्मो प्रविधिबाट थप उपचार गर्नुपर्ने भएपछि ग्राण्डी अस्पतालबाट थापालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सुरुमा कोरोना पोजिटिभ रिपोर्ट आएपछि पछि भने उनको रिपोर्ट नेगेटिभ आएको थियो ।