सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ आह्वान गरिएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले आह्वान गरेका हुन् ।
कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कर्णाली प्रदेशसभाको आठौ अधिवेशन २०७८ साल जेठ २४ गते दिउँसो २ः०० आह्वान गरेको प्रमुख प्रमुखको कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए । ‘नेपालको संबिधान धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको बैठकको आह्वान गर्नु भएको हो ।’ उनले भने,‘सरकारको सिफारिसको बैठकको आह्वान प्रदेश प्रमुखले गर्नु भएको छ ।’
बिहिबार सभामुख राजबहादुर शाहीको आह्वानमा सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन आग्रह गरेको गरेका थिए । त्यही आधारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्षे अधिवेशनको आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।
सरकारले नयाँ आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।