सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त २ जना मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई आज (आइतबार) पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो ।
नयाँ दुई मन्त्री थपिए सँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन् ।