सुर्खेत । कालिकोटमा जीप दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । रास्कोटबाट लालिघाटतर्फ जाँदै गरेको जीप सान्नीघाटमा दुर्घटना भएको हो ।
क १ ज २३ नम्बरको दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले जानकारी दिए । उनकाअनुसार मृत्युु हुनेमा रास्कोट नगरपालिका३ का ३५ बर्षीय पम्फा फडेराको मृत्यु भएको हो ।
घाईतेको उद्धार गरेर जिल्ला अस्पताल कालिकोट ल्याउन लागिएको प्रहरीको भनाइ छ । सडकमा नाला निर्माणको काम भईरहेको र गुडीरहेको जीप अनियन्त्रितहुँदा सडकमै पल्टिएको प्रहरीको भनाइ छ ।