सुर्खेत । कर्णाली करिडोरको निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली करिडोर निर्माण कार्य जिम्मा लिएको नेपाली सेनाले निर्माण कार्य सम्पन्न भएको जनाएको हो ।
कर्णाली करिडोरको कालिकोटको नरहरिनाथ–८ को खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको १२२.७५ किलोमिटर निर्माण कार्य सम्पन्न गरेको हो । नेपाली सेनाले २०७० सालदेखि यो सडकको निर्माण गर्दै आएको थियो ।
कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको सडक खण्डको निर्माण कार्य सम्पन्न भएको यही असार ३१ गते हस्तान्तरण गर्ने कर्णाली करिडोर सढक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले बताए । ‘सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक बिभाग अन्र्तगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्न लागिएको हो ।’ उनले भने,‘नेपाली सेनालाई दिएको काम पुरा भएको छ । हामीले सडक विभागलाई हस्तान्तरण गर्न लागेका हौैं ।’
कर्णाली करिडोर अन्र्तगत हुम्लासलिसल्लादेखि हुम्लाको सिमीकोटसम्म ५१ किलोमिटर सिमीकोट हिल्सा सडक आयोजनाको जिम्मा दिइएको छ । कर्णाली करिडोर अन्र्तगतको आयोजनाले जिम्मा लिएको सडकको निर्माण कार्य पुरा भएको छैन् ।
हिल्सा सिमकोट सडक आयोजनाले जिम्मा लिने आयोजना प्रमुख बिसुनदास लामाले बताए ।