सुर्खेत । बर्दियामा पाटे बाघको आक्रमणबाट फेरि एकजनाको मृत्यु भएको छ । शनिबार भैसी चराउन गएका ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया निकुञ्जले जनाएको छ ।
भैसी चराउन गएका थापाको हराएको सूचना आएपछि हात्तीको सहायताबाट कालीगोडी बफरजोन सामुदायिक वनमा खोजी गर्दा आइतबार बिहान मृत भेटिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले बताए ।
गत असार २१ गते मात्रै मधुवन नगरपालिका–३ का ६७ वर्षीय चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । बाघको आक्रमणबाट एक वर्षभित्र १५ जनाको ज्यान गएको छ ।