सुर्खेत । सल्यानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । महोत्तरी जिल्ला सोनाम गाउँपालिका – १ घर भई हाल सल्यान शारदा नगरपालिका– २ बस्दै आइरहेकी २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
सल्यान जिल्ला अस्पतालमा उपचाररत सुत्केरी यादवको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्दार गरे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको हो ।
इमरजेन्सी शल्यक्रियाबाट बच्चा डेलिभरी गरेको दुई दिनपछि अचानक अक्सिजन कमी फोक्सोको रोग हुन सक्ने भएकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले बताए ।