काठमाडौं । नेकपा एमाले नेता भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । उनले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिएका हुन् । उनले आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिएका थिए ।
यस्ताखालका राजनीतिक अनैतिक क्रियाकलापमा संलग्न हुन नचाहेको भन्दै उनले पदबाट राजीनामा दिएका थिए ।
उनको राजीनामालाई लिएर उनकै पार्टीका सांसदहरूले असन्तुष्टि व्यक्त गरेका थिए । बिहीबार उनले सांसद पदबाट गरेको राजीनामा फिर्ता गर्ने घोषणा गरेका थिए । रावलले दिएको राजीनामाप्रति एमाले अध्यक्ष केपी ओलीले समेत असन्तुष्टि व्यक्त गरेका थिए ।
यसअघि एमाले वरिष्ठ नेता माधव नेपालले रावललाई निवासमा पुगेर भेटेका थिए ।